शनिबार, बैशाख ८, २०८१

आजबाट नवरात्र आरम्भ, घरघरमा कलश स्थापना गरी घटस्थापना मनाइँदै

काठमाडौ आश्विन २६, विजयादशमीको पहिलो दिन आज घरघरमा कलश स्थापना गरी घटस्थापना मनाइँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई 16_10_2012-16prn2-c-2घटस्थापना भनिने र यसै दिनदेखि नवरात्र आरम्भ भएको मानिन्छ ।

आजको दिन दियो, गणेश र कलशको पूजा गरी घटस्थापना गर्ने र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्दै जमरा राखिने गर्दछ । त्यस्तै कलशको स्थापना गरी यस दिन नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या माटो ल्याई दसैँ घर वा पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छर्ने प्रचलन रहि आएको रयसरी उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रुपमा लगाउने गरिन्छ ।