बिहिबार, बैशाख ६, २०८१

रातो मच्छिन्द्रनाथको भोटो देखाइयो

काठमाडौ आश्विन २५,  वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आज अपराह्न जावलाखेलमा देखाईएको छ । ललितपुर गुठी संस्थानका प्रमुख रुद्रनाथ अधिकारीले रथको चार कुनाबाट उपस्थित सबैलाई भोटो देखाउनुभएको हो । त्यस अवसरमा राष्ट्रपति डा रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, 12112115_10203435364203484_4382979919292772078_nमुलुकका नयाँ प्रधानमन्त्री केपी ओली सहित उच्चपदस्थ व्यत्तिको साथै उल्लेख्य सख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । त्यस्तै भोटो देखाईए पछि आजै बाह्र वर्षे विशेष मेला भएकै कारण मच्छिन्द्रनाथका रथलाई बुङ्मतीतर्फ तानिएको छ ।

मच्छिन्द्रनाथको भोटोको सवालमा प्राप्त किंवदन्तीअनुसार परापूर्वकालमा नागराजकी श्रीमतीको आँखा दुखेपछि स्थानीय कृषकले तन्त्रमन्त्रद्वारा आँखा निको पारेपछि सो भोटो उपहारस्वरुप नागराजले दिएका हुन् । आफ्नो खेतमा काम गर्दा उक्त भोटो हराएपछि कृषकले खोजी गरेको र कतै नपाएपछि जावलाखेलमा आयोजित एक जात्रामा एकजना राक्षसले लगाएको देखेको प्राचीन मान्यता छ ।
कृषकले यो भोटो मेरो हो भनेर माग्दा दुवै पक्षबीच धेरै विवाद भएकाले दुवैले पर्याप्त प्रमाण जुटाउन नसकेपछि जसले सप्रमाण भोटो मेरो हो भन्छ, उसैलाई दिने शर्तमा नासोका रुपमा देवताले उक्त भोटो राखेकाले हरेक वर्ष भोटो देखाउने गरिएको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2015
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930