शुक्रबार, बैशाख २१, २०८१

एमाले स्थायी कमिटीको बैठक : तोक्यो अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार

 

 १६ बुँदे सहमति हुँदा भएको भद्र सहमति कार्यान्वयन हुँने एमालेको विस्वास

काठमाडौँ आश्विन १७,  नेकपा एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको स्थायी कमिटीको आजको बैठकले प्रमुख दलका बीचमा १६ बुँदे सहमति हुँदा भएको भद्र सहमति अनुरुप पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्न आवश्यक पहल लिने निर्णय सहित सर्वसम्मत रुपमा नयाँ kp-oliप्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।

राष्ट्रपति डा रामवरण यादवबाट यही आश्विन १५ गते सातदिन भित्र सहमतिका आधारमा प्रधानमन्त्रीको चयन गर्न आह्वान गरेपछि एमालेले यस्तो निर्णय गरेको पार्टीका सचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिनु भएको छ । त्यस्तै बैठकले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठनका लागि अन्य दलसँग वार्ता र आवश्यक पहल गर्न अध्यक्ष ओलीकै संयोजकत्वमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्षद्वय वामदेव गौतम र विद्यादेवी भण्डारी रहेको पाँच सदस्यीय टोली पनि गठन गरेको नेता ज्ञवालीले जानकारी दिनु भएको छ।