शनिबार, बैशाख ८, २०८१

सहमतीय सरकार गठनका काँग्रेसले प्रमुख दलसग छुट्टा छुट्टै छलफल गर्ने

काठमाडौं आश्विन १७, नेपाली काँग्रेसको आज बसेको पदाधिकारी बैठकले सहमतीय सरकार सरकार गठनका लागि सबै दलहरुसँग छलफल गर्ने निर्णय गरेको छ Nepali_Congress।  त्यस्तै बैठकले सहमतीय सरकार गठनका लागि सोमबार प्रमुख दलहरुसँग छुट्टै र त्यसपछि संसदमा रहेका सबै दलसँग छलफल गर्ने निर्णय गर्नुको अलावा सरकार गठन गर्न राष्ट्रपतिबाट दिइएको ७ दिने समयलाई अधिकतम प्रयोग गर्ने र नभए मात्र बहुमतीय प्रक्रियामा जाने निर्णय गरेको छ ।
त्यस्तै पार्टीको १३ औं महाधिवेशन नयाँ संविधान अनुुसार गर्नका लागि प्रादेशिक संरचना अनुसार कसरी गर्ने भन्नेमा अर्को बैठकबाट ठोस निर्णय लिने गरेको बुझिएको छ ।

यसैवीच  प्रमुख दलबीच गत ज्येष्ठ  २५  गते  १६ बुँदे सहमति हुँदै  गर्दा   मुलुकमा संविधान जारी भए लगत्तै   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने भद्र सहमति भए पनि  अहिले नया शिराबाट  सहमति कायम गर्ने तयारीमा दलहरु रहेको स्रोतले जनाएको  छ  ।