मङ्लबार, बैशाख ११, २०८१

तीन दलीय टोली र मोर्चाबीचको वार्ता अपेक्षित रुपमा सकारात्मक, निष्कर्ष चाँडै

काठमाडौ आश्विन १७ ,  तीन दलीय वार्ता टोली र आन्दोलनरत सङ्घीय लोकतान्त्रिक मोर्चाबीच आज मजफो लोकतान्त्रिकको केन्द्रीय कार्यालयमा भएको वार्ता अपेक्षितरुपमा सफल भएको बुझिएको छ ।  प्राप्त समाचारमा उल्लेख भएअनुसार आजको वार्तामा राजनीतिक कार्यसूचीलाई सबैका लागि कसरी स्वीकार्य bijaya-kumar4images (24)बनाउँन सकिन्छ भन्ने सवालमा आवश्यक कार्यनिती बनाउँन दुवै पक्ष सहमत भएको उल्लेख गर्दै यसअघि भएको विभिन्न निर्णय तल्लो स्तरसम्म कार्यान्वयन गर्न देखिएका प्रशासनिक ढिलाइलाई सरकारले तत्काल सम्बोधन गर्ने प्रसंगमा सहमति कायम गरिएको जनाइएको छ ।

छलफल सकारात्मक रुपमा अघि बढेको र मोर्चाले अघि सरेको कतिपय माग त्यस्तै वार्ताका् क्रममा सौहाद्र वातावरणमा विषयवस्तुमाथि वार्ता टोली केन्द्रित भएको र मुलुकको समसामयिक विषयमा सकारात्मक कुराकानी भएको र चाँडोभन्दा चाँडो निष्कर्षमा पुग्नुपर्नेमा दुवै पक्षबीच सहमति भएको मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका उपाध्यक्ष जितेन्द्र देवलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
छलफलमा मन्त्री आचार्य, प्रमुख सचेतक खरेल, उपाध्यक्ष देव, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवलगायतका नेताको सहभागीता रहेको थियो ।