शनिबार, बैशाख १५, २०८१

अपराधिको समुल नष्ट गर्न ब्रोकन विन्डो थ्योरी मार्फत कारवाही अभियान चलाउँने

काठमाडौ कात्तिक १. महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रहरी प्रमुखका नयाँ जिम्मेवारी सम्हाल्नु भएका प्रहरी वरिष्ठ उपरीक्षक विक्रमसिंह थापाले आफ्नो कार्यकालमा कुनै पनि अराजक समूहसँग कुनै किसिमको सम्झौता नगर्ने बताउँनुभएको छ। राजधानीमा हुँन सक्ने र भइआएको सङ्गठित अपराध र यस्ता SP-bikram-singh-Thapa-300x288अपराधमा सल्ग्न अपराधिको समुल नष्ट गर्न अपराधलाई कोपिलामै निमोठ्ने नीति अर्थात ब्रोकन विन्डो थ्योरी मार्फत कारवाही अभियानको सुभारम्भ गर्ने जनाउँ दिदै  प्रहरी परिसर, टेकुमा आज एक पत्रकार सम्मेलनको आयोजना गर्दै प्रहरी वरिष्ठ उपरीक्षक थापाले राजधानीमा हुँन सक्ने र भइआएको सङ्गठित अपराध र यस्ता अपराधमा सल्ग्न अपराधिबमृ समुल नष्ट गर्न अपराधलाई कोपिलामै निमोठ्ने नीति अर्थात ब्रोकन विन्डो थ्योरी मार्फत कारवाही अभियानको सुभारम्भ गर्ने जनाउँ दिदै जनताको मन जित्न प्रहरीमा देखिएको उदासिनता, अश्लिल शब्दको प्रयोग गर्ने, शारीरिक यातना दिने, भ्रष्टाचार र अपहेलना गर्नेजस्ता विकृतिको निवारण गरी ‘मुस्कानसहितको प्रहरी सेवा’लाई पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

त्यस्तै उहाँले आफ्नो कार्यकालमा कुनै पनि अपराध र अराजक समूहले हतियारको दम्भ देखाएर आम नागरिकलाई अशान्ति दिनेलाई ‘सुटआउट’सम्म गर्न सकिने जनाउ दिदै जनताको जिउधनको सुरक्षाका लागि आफु पूणए प्रतिवद्ध रहेको बताउँनु भएको छ । त्यस्तै पत्रकार सम्मेलनमा उहाँले आसन्न वडादसैँ, दीपावली छठ आदि चाडपर्वलाई मध्यनजर राख्दै कार्यान्वयन गरिने विशेष सुरक्षा योजना अन्र्तगत प्रहरीले मठ मन्दिरको सुरक्षा, खसी बजारको सुरक्षा, बजार सुरक्षा, भुइँचम्पा, पटका, आतसबाजी नियन्त्रण, खाद्यान्नमा अखाद्य वस्तुको मिसावट तथा कालोबजारी नियन्त्रण, सार्वजनिक यातायातको सुरक्षा, अवैध जुवातास, क्यासिनोमा नेपाली प्रवेशलाई रोक लगाउनेलगायतका क्षेत्रमा प्रहरीले विशेष निगरानी सहित कारवाही स१चालन गरिने पनि जानकारी दिनुभएको छ ।

यसअघि पनि रुपन्देहीमा शान्तिसुरक्षा कायम गर्न प्रभावकारी भूमिका खेलेका वरिष्ठ उपरीक्षक विक्रमसिंह थापाले त्यहाँका स्थानीय तस्कर र अवैध धन्दा गर्नेहरु विरुद्ध कारवाही सुरु गरे पछि तस्करहरु भागाभाग हुँनुको अलावा शान्ति सुव्यवस्था कायम गर्न सफल भूभिका वनर्वाह गर्नु भएको थियो । त्यस्तै पछिल्लो पटक अवैध नदीजन्य पदार्थको निकासी, चोरी, डकैती नियन्त्रण हुदै तेल चोरी प्रकरणमा कडा अडान लिँदा कांग्रेस, एमाले, माओवादी लगायत दलका नेताहरुको दवाव झेल्दै कावाही प्रक्रिया अगाडि बडाएका थिए ।