बिहिबार, बैशाख १३, २०८१

नवनियुक्त उपप्रधानमन्त्री रायमाझी र मन्त्रीहरुद्वारा शपथ

काठमाडौ कात्तिक १,  नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा गत आश्विन २४ गते गठन भएको एमाओवादी, राप्रपा नेपाल मजफो र केहि साना राजनैतिक दलसमेतको सहभागीतामा गठन भएको वर्तमान सरकार आज  दोस्रो पटक  विस्तार गरिएको छ ।  आज विस्तार  गरिएको  सरकारमा एमाओवादीको images (32)तर्फबाट मन्त्री बन्नु नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीहरुलाई राष्ट्रपति डा रामवरण यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आज आयोजित शपथ ग्रहण समारोहमा नवनियुक्त उपप्रधानमन्त्री एवम् ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, गृह मन्त्री शक्तिबहादुर बस्नेत, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, वन तथा भूसंरक्षण मन्त्री अग्निप्रसाद सापकोटा, वाणिज्य तथा आपूर्ति गणेशमान पुन, सामान्य प्रशासन रेखा शर्मा र सिँचाइ मन्त्री उमेश यादवलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । यस्तै, बिना विभागीय मन्त्री रामजनम चौधरी र विश्वेन्द्र पासवानले पनि आजै पद तथा गोपनीयताको शपथ लिनुभयो ।

शपथ ग्रहण समारोहमा उपप्रधानमन्त्री विजयकुमार गच्छदार, सभामुख ओनसरी घर्ती, कामु प्रधानान्यायाधीश गिरिशचन्द्र लाल, मन्त्रीगण, प्रमुख राजनीतिक दलका शीर्ष नेता, सांसदहरु, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मीलगायतको उपस्थिति थियो  । यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कमल थापाले उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालय र मजफोलोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मा लिइसक्नु भएको छ ।