शनिबार, बैशाख १५, २०८१

संविधानमा सनातन हिन्दुराष्ट्र नेपाल कायम हुनुपर्नेमा जोड

काठमाडौ भाद्र २०,  नयाँ संविधानमा हिन्दू राष्ट्र कायम गर्न माग गर्दै राजधानीको खुलामञ्चमा विगत एक सातादेखि आमरण अनशन बस्दै आएका नेपाल 2 3 4हिन्दू युवा मञ्चले आज आयोजना गरेको पत्रकार सम्मेलनमा विश्वको एकमात्र सनातन हिन्दुराष्ट्र नेपाल नेपालको प्रमुख पहिचान भएको बताउँदै संविधानमा हिन्दू राष्ट्र कायम गर्नुको विकल्प नभएको बताएका छन ।
मुलुकमा हिन्दू राष्ट्र कायम हुनुपर्ने, गाईको हत्या बन्द गर्नुपर्ने, धर्मान्तरणलाई प्रतिबन्ध लगाउनुपर्ने, छुवाछूतको अन्त्य हुनुपर्नेलगायतका माग राखी खेमराज आचार्य, प्रेमनिधि भारद्वाज, सागर कटुवाल, कमलप्रसाद जोशी हिन्दू राष्ट्र कायम हुनुपर्ने माग राखी आमरण अनशन बस्दै आएका छन ।
पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका नेता कुमार रेग्मीले सनातन धर्मका बहुमूल्य संस्कृति र संस्कार मेटाउने खेल आफुहरुलाई मान्य नभएको जिकिर गर्दै नेपाललाई सनातन हिन्दू राष्ट्र कायम गर्न माग गर्नु भएको थियो । त्यस्तै उहाँले नेपाललाई सनातन हिन्दुराष्ट्र कायम गर्न चार युवाहरूले गरिरहेको यो अनशन एउटा बलियो खम्बा भएको थियो ।   त्यस्तै जगद्गुरु मोहनशरण देवाचार्यले नेपालमा ओमकार परिवारभित्र बस्ने ९४ प्रतिशत मानिस भएकाले हिन्दू राष्ट्र कायम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा अनशनकारीको स्वास्थ्यस्थितिको रिपोर्ट सार्वजनिक गर्दै प्रो। डा। रामप्रसाद उप्रेतीले अनशनकारीको स्वास्थ्य अवस्था गम्भीर र चिन्ताजनक रहेको जानकारी दिदै अनशनकारीहरूले प्राण त्याग गर्न तयार रहेको तर शरीरमा स्लाइन चढाउँन नमानेको बताउँनु भएको थियो ।