शनिबार, बैशाख १५, २०८१

व्यवस्थापिका संसद्को बैठक: १० सुरक्षाकर्मीसहित २९ जनाको मृत्यु भएको गृहमन्त्रीको स्पष्टोक्ति

काठमाडौ भाद्र २० , वस्थापिका–संसद्को आजको बैठकमा मुलुकको शान्ति सुरक्षा र तराई–मधेसको स्थितिबारे सदनलाई जानकारी गराउँदै उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले सीमाङ्कनप्रति विरोध जनाउँदै देशका विभिन्न भागमा यसबीचमा भएका हिंसात्मक घटनामा १० सुरक्षाकर्मीसहित २९ जनाको मृत्यु bamdev-gautam1भएको जानकारी दिनु भएको छ ।

त्यस्तै उहाँले यसवीचमा दुईवर्षे दूधे बालकलाई गोली हानेर मार्नेदेखि सुरक्षाकर्मीलाई ज्यूँदै आगो लगाएर मार्नेसम्मका नेपालको इतिहासमा आजसम्म नभएका बर्बर एवम् अति अमानवीय आक्रमण भएका र त्यसको जति निन्दा गरे पनि कम हुने अभिव्यक्ति समेत दिनु भएको थियो ।

सरकारी तथा सार्वजनिक सम्पत्ति तोडफोड र प्रहरी चौकीमा आक्रमण गर्ने, सरकारी कार्यालय, व्यक्ति र संस्थाका सवारी साधनमा आगजनीलगायत हिंसात्मक गतिविधि हुन नदिन सुरक्षाकर्मीले बारम्बार सम्बद्ध पक्षलाई आग्रह गर्दा पनि भीड नियन्त्रण हुन नसक्दा बाध्य भई स्थिती नियन्त्रणका लागि चलाएको गोलीबाट १७ र बाटो हिँडेका दुई आन्दोलनकारीको मृत्यु भएको जानकारी दिनु भएको थियो ।