शुक्रबार, बैशाख १४, २०८१

विद्यार्थी सङ्गठनद्वारा काबा परराष्ट्रमन्त्री अधिकारीलाइ ३ बुँदे ध्यानाकर्षण

काठमाडौ आश्विन १२, नेपाल विद्यार्थी सङ्घ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन 12049600_10153650928212329_2070390293806673655_n(क्रान्तिकारी) लगायतले मधेसलगायत देशभित्र देखा परेका विभिन्न 12079417_10153650927792329_247130251758501832_nअसन्तुष्टिलाई वार्ताको माध्यमबाट तत्काल समाधान पहिल्याउँन र भारतले लगाएको अघोषित नाकाबन्दीको विरोधमा आज कार्यबाहक परराष्ट्रमन्त्री खगराज अधिकारीसमक्ष ३ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन् ।

ज्ञापनपत्र बुझ्दै स्वास्थ्यमन्त्री समेत रहेका कावा परराष्ट्रमन्त्री अधिकारीले अघोषित नेपालीहरूको महान चाड दसैँ नजिकिँदै गर्दा दुई देशवीचको मित्रवत्र सम्बन्धका वावजुद पनि एउटा मित्रराष्ट्रको नाताले पनि नाकाबन्दी गर्नु आफैमा अन्यौलको प्रसंग भएको बताउदै प्रस्तुत समस्या चाँडो हल हुने पनि विश्वास व्यक्त गर्नुभएको नेपाल विद्यार्थी सङ्घ प्रवक्त युपी लामिछानेले जानकारी दिनु भएको छ ।

यसैवीच    ३:३० बजे बजे संयुक्तराष्ट्र संघका आवासिय प्रतिनिधि लाई   बिधार्थी    संगठनले भारतीय  नाकाबान्दीको   बिषयमा ध्यानाकर्षण   गराउने कायक्रम रहेको जानकारी  प्रवक्ता  लामछिानेले जानकारी दिनुभएको छ ।