बिहिबार, बैशाख १३, २०८१

सबिताकुमारी हत्याको आरोपमा काँग्रेसका क्षेत्रीय सभापति राजधानीबाट पक्राउ

काठमाडौं आश्विन १२ , युवती हत्याको आरोपमा महोत्तरी काँग्रेस क्षेत्र नं ६ का क्षेत्रीय सभापति राम महतोलाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ । महोत्तरीका nc flageरामएकवाल यादवकी १४ वर्षीया छोरी सबिताकुमारी यादवको हत्यामा संलग्न रहेको आरोपमा सभापति महतोलाई महानगरीय प्रहरी वृत्त कार्यालय गौशाला, काठमाडाँले आइतबार साँझ राजधानीको गौशाला क्षेत्रबाट पक्राउ गरेको थाहा भएको छ ।

प्रहरीका आुसार मृतकका परिवारजनले सभापति महतोलगायत अन्य पाँचजनाको नामै किटान गरी इलाका प्रहरी कार्यालय गौशाला, महोत्तरीमा उजुरी दिएको र सोहि उजुरीको आधारमा घटना पछि फरार रहेको महतोलाइ आज पक्राउ गरेको बुझिएको छ । पक्राउ पछिनै गएरातिनै महोत्तरी पठाइसकेको  बुझिएको छ ।