शुक्रबार, चैत्र १६, २०८०

नेपाल–भारत सिमानामा देखिएको समस्या अनपेक्षित : राजदूत उपाध्याय

काठमाडौ आश्विन १३,     भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपाल–भारत सिमानामा देखिएको समस्या अनपेक्षित भएको र छिटै समाधान हुने बताउनुभएको छ । रिपोटर्स क्लबले मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा राजदूत उपाध्यायले घटनाका सम्बन्धमा आफूले कूटनीतिकस्तरमा नयाँ Prabin-2563दिल्लीमा उच्च अधिकारीसँग छलफल भइरहेको बताउँदै संयुक्त राष्ट्र सङ्घ महासभामा भाग लिन जानुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्केपछि समस्या समाधान हुने विस्वास व्यक्त गर्नु भएको छ ।

त्यस्तै उहाँले भारतले सदैव नेपालमा दिगो शान्ति, स्थिरता र लोकतन्त्र चाहेको आफूले पाएको बताउँदै राजदूत उपाध्यायले सबै समस्याका समाधान वार्ताद्वारा नै हुँने बताउँनु भएको प्राप्त समाचारमा उल्ल्ेख गरिएको छ ।