शुक्रबार, बैशाख १४, २०८१

युवकको मृत्यु पछि कोहलपुरमा थप तनाव, इप्रका कोहलपुरको मुलद्वारमा नाराबाजी सहित धर्ना

 घटनाको विरोधमा हजारौको संख्यामा स्वस्फूर्त रुपमा सडकमा स्थानीयद्दारा प्रदर्शन

karan singh
(संयुक्त मधेशी मोर्चाले गरिरहेको आन्दोलनका प्रदर्शनकारीहरुले पिप्रहवामा हानेको ढुंगा लागेर मृत्यु भएका करण सिंह)

बसन्त शर्मा / कोहलपुर भाद्र १९,   संयुक्त मधेशी मोर्चाले गरिरहेको आन्दोलनका प्रदर्शनकारीहरुले पिप्रहवामा हानेको ढुंगा लागेर एक युवकको मृत्यु भएपछि कोहलपुरमा थप तनावग्रस्त भएको छ ।   शुक्रवार दिउँसो बाँके नौवस्ता निवासी २२ वर्षिय करण सिंह सहित अन्य दुई जना सवार गुडिरहेको भे.५.प ४२५० नम्बरको मोटरसाइकलमा नेपालगञ्बाट कोहलपुरआउने क्रममा पिप्रहवामा जम्मा भएका मधेशी मोर्चाका समर्थक आन्दोलनकारीहरुले प्रहार गरेको ढुंगा लागि सिंहको घटनास्थलमै मृत्यु भएको थियो ।  मृतक सिंहको छातीमा चोट लागेको थियो । मोटरसाइकलमा सवार अर्का २३ वर्षिय विनोद शाही र मनोज विसी घाइते भएका छन् । घाइते शाहीको उपचार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरम भइरहेको छ भने अर्का घाइते विसी उपचारको क्रममा मेडिकल कलेजबाट भागेका थिए ।

विसी प्रदर्शनकारी को डरका कारण भागेको हुन सक्ने अस्पतालका चिकित्सकले बताएका छन् । सोहि घटनाको विरोधमा हजारौको संख्यामा स्वस्फूर्त  रुपमा सडकमा निस्किएका स्थानीयले इलाका प्रहरी कार्यालय कोहलपुरको मुलद्वारमा नाराबाजी सहित धर्ना दिँदै प्रदर्शनमा उत्रिएको हो । प्रदर्शनको क्रममा सुरक्षाको माग गर्दै घटनामा संलग्नको पहिचान गरी कारवाही गर्न माग गर्दै चर्का नाराबाजी समेत गरे । हजारौको संख्याका सर्वसाधारण स्वस्फूर्त  रुपमा सडकमा निस्किएपछि स्थानीय प्रशासनले ठुलो मात्रामा प्रहरी परिचालन गरेको थियो । नेतृत्वविहिन जुलुस घटना भएको स्थल पिप्रहवातर्फ जाने क्रममा प्रहरीले कोहलपुर नगरपालिकाको अन्तिम सिमाना गोल्छा नजिक रोकेको थियो । प्रहरीले जुलुस अगाडी बढ्न नदिएपछि अहिले सर्वसाधारणहरुले इलाका प्रहरी कार्यालय घेराउ गरिरहेका छन् ।
त्यस्तै शुक्रवार घटनापछि सो क्षेत्रमा आन्दोलनकारी र प्रहरीबिच भएको झडपमा दर्जनबढि आन्दोलनकारी र प्रहरी घाइते भएका छन् । झडपकै क्रममा तराई मधेश लोकतान्त्रिक पार्टिका नेता ललित कुमार रौनियार पनि घाइते भएका छन् झडपका घाइतेहरुको नेपालगन्ज स्थित नर्सिङ होममा उपचार भइरहेको बताइएको छ । दिउँसो आन्दोलनकारीले हानेको ढु लागेर मोटरसाँइकल चालक सिंहको मृत्यृ भएपछि प्रहरीले आन्दोलकारीलाई नियन्त्रणमा लिन खोन्दा झडप भएको थियो ।  घटनामा संलग्न रहेको आंशकामा प्रहरीले २ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको बताएको छ । आन्दोलनकारीहरुले सिंहको हत्या गरेपछि IMG_0779 IMG_0783सो क्षेत्रमा आन्दोलनरत सबै आन्दोलनकारी लाई बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्त पन्तले नियन्त्रणमा लिन निर्देशन दिएपछि कोहलपुर प्रहरीले ३० जना आन्दोलनकारी लाई नियन्त्रणमा लिएको छ । घटना लगत्तै कोहलपुर र नेपालगन्जबाट ठूलो मात्रामा प्रहरी गनापुर क्षेत्रमा परिचालन गरिएको थियो ।