शुक्रबार, बैशाख ७, २०८१

आज कृष्णाष्टमी देशभरका कृष्ण मन्दिरमा कर्मयोगका प्रणेता श्रीकृष्णको पूजा आराधना गरि मनाइदै

यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारतः अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।  अर्थात्

जब जब भारत वर्षमा धर्मको लोप हुन्छ र पाप बढ्दै जान्छ, त्यस बेलामा धर्मको रक्षाका लागि म मानवरुप धारण गरेर धरतीमा जन्म लिनेछु

काठमाडौं भाद्र १९ , आज भाद्र अष्टमी अर्थात ज्ञानयोग, भक्तियोग र कर्मयोगका प्रणेता एवम ् गोपिनीका प्यारा भगवान श्रीकृष्णको मध्यरातमा जन्म भएको Krishn_bhagwanदिनको सम्झनामा भक्ति पूर्वक कृष्णाष्टमीका पर्व मनाइँदैछ । अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले विष्णुले मानिसका अवतारका रुपमा श्रीकृष्ण भई धरतीमा अवतरित भएको जन विस्वासका साथ हिन्दू धर्मावलम्वीहरुले यो पर्व मनाउँने गरिन्छ ।

त्यस्तै आज कृष्णाष्टमीका पर्वको अवसरमा ललितपुरको मङ्गलबजारस्थित श्रीकृष्ण मन्दिर लगायतका देशभरका अन्य कृष्ण मन्दिरमा पूजा आराधना एवम् रथयात्रा र शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँनुको अलावा मनाउने महिलाहरू व्रत बसी राति कृष्ण जन्मिएको सम्झनामा पूजाआजा गर्ने र रातभर जाग्राम बसेर नाचगान तथा कृष्णको भक्ति सङ्गीत गाउँछन् । यसो गरेमा श्रीकृष्ण प्रसन्न भई मनोवाञ्छित फल प्राप्त हुने धार्मिक विश्वास छ ।

त्यसो धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार त अत्याचारी मामा कंसलगायतको अत्याचारबाट मानवजातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौँ गर्भबाट विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031