शनिबार, बैशाख १५, २०८१

महासङ्घको मिसन टोली गौरमा,सरोकारवालासंग गम्भीर छलफल

काठमाडौं भाद्र ३१,  नेपाल पत्रकार महासङ्घले गौरमा मधेस आन्दोलनका क्रममा पत्रकारले भोग्नुपरेका समस्या तथा मधेसको विद्यमान अवस्था र समाजवादी फोरमका केन्द्रीय सदस्य एवम् पूर्वसभासद् बबन सिंहले सदरमुकाम गौरस्थित कोहिनुर एफएममा अन्तर्वार्ता दिने क्रममा यहाँका तीन जना पत्रकारलाई दिइएको FNJ-logo-300x2461धम्कीप्रति गम्भीररूपमा लिदै विभिन्न टनाका सम्बन्धमा सरोकारवालालाई भेटी जानकारी लिएको छ ।

महासङ्घका महासचिव मगरको संयोजकत्वमा मधेस आन्दोलनका क्रममा पत्रकार अवस्था र उनिहरुले भोग्नुपरेका समस्याका सवालमा स्थलगत अनुसन्धान गर्न प्रेस चौतारी नेपालका महासचिव माधव नेपाल, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी तथा महासङ्घका केन्द्रीय सदस्य सुरज आचार्य सम्मिलीत मिसन टोली गठन गरेको थियो ।

यसै क्रममा मिसन टोलीले पूर्व सभासद् सिंहले स्थानीय पत्रकार शिव पुरी, मदन ठाकुर र गौतम श्रेष्ठलाई जिउँदै जलाएर मारिने धम्की सार्वजनिक संचारमाध्यममार्फत दिएको सम्बन्धमा तथा जिल्लाको विद्यमान अवस्थाको बारेमा मिसन टोलीले नेपाल पत्रकार महासङ्घ रौतहटका पदाधिकारी, मानवअधिकारकर्मी, विभिन्न मधेसवादी दलका नेता, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, नागरिक समाजका अगुवालाई भेटी छलफल गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।