शुक्रबार, बैशाख १४, २०८१

नेपालको संविधान विधेयकमा सभासदहरुले हस्ताक्षर गर्दै ,आजै सभाध्यक्षले विधेयक प्रमाणिकरण गर्ने

काठमाडौं आश्विन १,   गत बुधवार संविधानसभाको बैठकबाट दुइतिहाइ बहुमतबाट पारित भएको नेपालको नयाँ संविधानमा आज सभासद्हरुले हस्ताक्षर गर्ने भएका छन् । संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराइको अध्यक्षतामा गठित समितिले संविधानको संशोधन sambidhanप्रस्ताव, भाषिक शुद्धता र अनुक्रम मिलाउँद्र विहिवार सविधानसभा अध्यक्ष सुवास नेम्वाङ लाइ प्रतिवेदन बुझाए पछि विधेयकलाई संविधानसभा सचिवालयले थप परिस्कृत गरी नेपाली कागजमा मुद्रण गरेको छ ।

यसरी मुद्रीत उक्त प्रतिवेन अर्थात नेपालको विधेयकमा सभासद्ले आज संविधानसभा भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बिहान नौबजेदेखि अपरान्ह तीन बजेसम्म हस्ताक्षर गर्ने कार्यक्रम रहेको संविधानसभा सचिवालयका सहायक प्रवक्ता शुदर्शन कुइकेलले जानकारी दिनुभएको छ । सभासद्को हस्ताक्षर सकिएलगत्तै संविधानसभाका अध्यक्ष नेम्वाङले त्यसलाई प्रमाणित गर्नुृहुनेछ । संविधानको विधेयक अध्यक्षद्वारा प्रमाणित भएपछि त्यस्तो विधेयकले संविधानको रुप धारण गर्नेछ ।  त्यसपछि आश्विन ३ गते साँझ ५  बजे विशेष कार्यक्रमका वीच आयोजना हुने औपचारिक राष्ट्रिय समारोहमा राष्ट्रपति डा रामवरण यादवले संविधानको प्रतिमा हस्ताक्षर गरी नेपाली जनता समक्ष नयाँ संविधान प्रारम्भ भएको घोषणा गर्ने कार्यक्रम रहेको छ ।