शुक्रबार, चैत्र १६, २०८०

संविधान बनेको खुसियालीमा आश्विन ३ र ४ गते सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय

सञ्चार मन्त्रालयको नाम परिवर्तन गरी सूचना तथा सञ्चार प्रविधि मन्त्रालय कायम गरियो

मन्त्रिपरिषद्को बैठक

काठमाडौ आश्विन १, मन्त्रिपरिषद्को सिंहदरबारमा आज बसेको बैठकले संविधानसभाबाट संविधान बनेको खुसियालीमा नेपालभरका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था, सार्वजनिक संस्थान तथा विदेशस्थित नेपाली कूटनीतिक नियोगहरुमा दुवै दिन साँझ दीपावली गर्ने निर्णय सहित आश्विन ३ र ४ गते cabinate-photo-1024x486सार्वजनिक बिदा निर्णय गरेको छ ।

त्यस्तै बैठकले गत भाद्र ७ गते कैलालीको टीकापुरमा हिंसात्मक आक्रमणमा वीरतापूर्वक काम गर्दागर्दै मृत्युवरण गर्नुभएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीका आश्रित परिवारलाई जनही रु १० लाख दिने निर्णय गरेको सरकार प्रवक्ता डा मीनेन्द्र रिजालले जानकारी दिनुभएको छ । त्यस्तै मन्त्री डा.रिजालका अनुसार सरकारले आन्दोलनका क्रममा गिरफ्तार भएकामध्ये चाँडो अनुसन्धानको प्रक्रिया सकेर निर्दोषलाई रिहाइ गर्ने र मुद्दा लगाउनुपर्ने ठोस आधार भएकालाई बाहेक अन्यलाई रिहा गर्ने निर्णय गर्नुको गरेको बताउँनु भएको छ ।

यसैगरि सरकारले विशेष आर्थिक क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा चण्डिकाप्रसाद भट्ट र अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको अध्यक्षमा किशोर शाक्यलाई नियुक्त गरेको छ भने नेपालका अस्पतालबाट विदेशी नागरिकलाई सरोगेसी ९कोख भाडा० सेवा उपलब्ध गराउने विषयको सरकारको पछिल्लो निर्णय बदर गरेको छ ।

साथै बैठकले कार्यविभाजन नियमावलीबाट विज्ञान प्रविधि मन्त्रालयअन्तर्गत रहेका केही सूचना प्रविधिसम्बन्धी कामहरु सञ्चार मन्त्रालयमा ल्याउने निर्णय सहित मन्त्रिपरिषद्ले जिम्मेवारी दिएअनुसार अर्थ तथा पूर्वाधार समितिले सूचना तथा सञ्चार प्रविधि नीति पारित गर्नुको अलावा सञ्चार मन्त्रालयको नाम परिवर्तन गरी ‘सूचना तथा सञ्चार प्रविधि मन्त्रालय’ कायम गरेको जानकारीदिनु भएको छ ।  सरकारले नगरपालिकाको क्षेत्र, वडा विस्तार तथा पुनःगठन, नाम संशोधन, केन्द्र परिवर्तन तथा नगरपालिका स्तरोन्नतिसम्बन्धी निर्णय गरेको पनि उहाँले जानकारी दिनु भएको छ ।