शनिबार, बैशाख १५, २०८१

दुइसाता पछि लामा र सुवानीको हातबाट जुस पिउँदै अनशन तोडे प्रा डा गोविन्द केसीले

   काठमाडौ भाद्र २०, चिकित्सा सेवा र शिक्षालाई सर्वसाधारणमा सर्वसुलभ पहुँच पु – याउने उद्देश्य सहित दुइसाता अघि प्रा डा गोविन्द केसीले सुरु गर्नु भएको आमरण अनसन आज तोड्नुभएको छ । डा केसीले नेपाल सरकारका मुख्यसचिव डा सोमलाल सुवेदीको उपस्थितिमा फुर्वा लामा र १८ महिने बालिका सुवानी उप्रेतीको हातबाट जुस पिएर आमरण अनशन तोडनुभएको हो । अनशन तोडेलगत्तै प्रा डा केसीले सरकारसँग भएको सम्झौताले रु तीन करोड नेपालीको जित भएको अभिव्यक्ति दिनु भएको थियो ।
शनिबार राति भएको भनिएको ११ बुँदे सम्झौतामा प्रा डा गोविन्द केसी र सरकारका तर्फबाट मुख्यसचिव सुवेदी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गोविन्दराज पोखरेलले सहमतिपत्रमा हस्ताक्षर गरी सम्झौता गनुभएको थियो ।

सम्झौतामा मन्त्रिपरिषद्को पहिलो बैठकबाट चिकित्सा शिक्षा आयोग गठन गर्ने र चिकित्सा शिक्षासम्बन्धी नीति तयार पारी मस्यौदा बनाएर तीन महिनाभित्र संसदमा पेस गर्ने, अब उप्रान्त मेडिकल, डेन्टल, र नर्सिङ कलेज सञ्चालनका लागि मनशायपत्र नवीकरण नगर्ने, एमविविएस तह अध्ययनका लागि अधिकतम रु ३५ लाख शुल्क निर्धारण गर्ने लगायतका बुँदा रहेका छन ।   फोटो साभार   eheraldpost.com