शनिबार, बैशाख १५, २०८१

गिरिले युवा संयोजकको पदमा उम्मेद्बारी दिने

काठमाडौं आश्विन १३, लामो समयदेखी अस्ट्रेलियामा रहेर विभिन्न् रचनात्मक तथा कलात्मक कार्यमा आफ्नो छुट्टै छाप छोडेका कृष्ण गिरीले आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समिति (एनआरएनए /आईसीसी) को यूवा संयोजकको पदमा उमेद्धारी दिने भएका छन् । अक्टोवर १४ देखि १७ सम्म काठमाडौंमा हुने ७ औं महाधिवेशन तथा बिश्व सम्मेलनमा गिरीले जितेको खण्डमा आगामि कार्यकाल १५–१७ का लागि यूवा संयोजक पदमा काम गर्ने अवसर प्राप्त हुनेछ । गिरीले आफ्नो उम्मेदावारी सम्बन्धमा जारी प्रेस विज्ञप्तिमा सम्वद्ध सवैम सहयोगका लागि अनुरोध गर्दै गैर आवासीय नेपाली संघ, अन्तर्रा्ष्ट्रिय समन्वय समिति (एनआरएनए आईसीसी) को यूवा उपसंयोजक पदमा रहेर बर्तमान कार्यसमिति (आईसीसी) मा ‘डलर १ कापि र कलम’, एनआरएनए भवन निर्माण, स्कील, नलेज एण्ड ईनोभेसन परियोजना, एनआरएनए क्षेत्रिय तथा एनआरएन डे कार्यक्रम आयोजना लगायत एनआरएनएको हरेक गतिविधिमा कार्य गर्दै आइरहेको जनाएका छन् ।

त्यस्तै  विज्ञप्त्मिा  बिगत ४ बर्ष देखि अष्ट्रेलियाको नेपाली समुदायमा ‘द नेपाली भिजन अष्ट्रेलिया’ मासिक पत्रिका तथा अनलाईन न्यूज पोर्टलको प्रकाशक तथा सम्पादन गर्दै अष्ट्रेलियाको नेपाली समुदायमा निरन्तर कार्यरत गिरीले एनआरएनए अष्ट्रेलियाको कार्यसमिति सदस्य, आईटी संयोजक, सोसीयल वेलफेयर फण्ड निर्माण, एनआरएनए हेल्प डेस्क, ७ औं एनआरएन क्षेत्रिय सम्मेलन तथा नेपाल फेष्टिभल जस्ता नेपाल र नेपालीलाई गौरव गराउने कार्यक्रम आयोजनाको मुख्य जिम्मेवारी लगायत दर्जनौं परियोजनामा सही जिम्मेवारी भूमिका निर्वाह गर्दै परियोजनालाई सफल बनाएको  उल्लेख  गर्दै  नेपाली समुदाय र एनआरएनएमा कार्यगरेको अनुभब र समयलाई सदुपयोग गर्दै संस्थाका माध्यमबाट नेपाल र नेपालीका लागि अझ प्रभावकारी कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छन ।

अर्जुन खनालबाट