शनिबार, बैशाख १५, २०८१

कावा पराराष्ट्र मन्त्री अधिकारी र भारतीय राजदूतवीच भेटवार्ता

निर्वाध आवागमन व्यवस्था मिलाउँन आग्रह

 
काठमाडौ आश्विन ८, नेपाल सरकारको पराराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हाल्नु भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारी र भारतीय Captureराजदूत रणजित रायवीच आज अपराह्न भएको भेटवार्तामा सरकारले भारतसँगको नाकाको वर्तमान अवस्थाबारे जानकारी गराउँदै नेपालका अत्यावश्यक सामग्री बोकेका सवारी साधनको निर्वाध आवागमनमा सघाउन भारतसँग अनुरोघ गर्नु भएको मन्त्रालयद्दारा आज प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै विज्ञप्तिमा नेपालमा रहेका भारतीय नागरिक र उनीहरूको सम्पत्तिको सुरक्षा गर्ने नेपाल सरकारको प्रतिबद्ध रहेको जनाउँ दिदै गर्दा प्रतिउत्तरमा भारतीय राजदूत रायले नेपाल सरकारले प्रस्तुत गरेका विषयलाई भारत सरकारका उच्च अधिकारीसमक्ष प्रस्तुत गर्ने जानकारी राजदूत रायले दिनुभएको उल्लेख गरिएको छ ।