शुक्रबार, बैशाख ७, २०८१

आन्दोलनलाई निर्णायक बनाउन मोर्चाद्वारा ३ सदस्यीय वार्ता टोली गठन

काठमाडौ आश्विन ८,  सङ्घीय लोकतान्त्रिक मोर्चाले मधेस–थरुहटमा भइरहेको शान्तिपूर्ण आन्दोलनलाई निर्णायक रुपमा अघि बढाउन र अन्य मोर्चासँग सहकार्यका लागि वार्ता समिति गठन गरेको छ ।
download (2)मोर्चाका संयोजक विजयकुमार गच्छदारद्वारा आज जारी विज्ञप्तिमा आजको बैठकले ३ सदस्यीय वार्ता टोली गठन गरेको उल्लेख छ । यसरी गठित वार्ता टोलीमा मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक) का महासचिव रामजनम चौधरी, राष्ट्रिय मधेस सद्भावना पार्टीका प्रवक्ता केशव झा र मधेसी जनाधिकार फोरम नेपाल (गणतान्त्रिक) का महासचिव सिपी सिंह रहनुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।morchaa-ko-preess
त्यस्तै विज्ञप्तिमा पहिचान र अधिकारका लागि चलिरहेको आन्दोलनलाई निर्णायक बनाउन, अन्य मोर्चासँग आवश्यकताअनुसार एकता, सहकार्य, आपसी सहयोग र तालमेल गर्न तथा सबै सम्भावनाको खोजी गरी मोर्चालाई प्रस्ताव सिफारिस गर्न कार्याधिकार समितिलाई दिएको विज्ञप्तिमा उल्लेख छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031