बिहिबार, बैशाख २०, २०८१

आश्विन ३ गते मुलुकभर दीपावली गर्न एमाओवादीको आग्रह

काठमाडौ आश्विन १, एमाओवादीले नयाँ संविधान जारी हुने दिन आइतवार मुलुकभर दीपावली गर्न र ४ गते संयुक्तसभाको कार्यक्रम सफल पार्न पार्टी निर्देशन दिएको छ ।  एमाओवादीका महासचिव कृष्णबहादुर महराले विहीवार जारी विज्ञप्तिमा ऐतिहासिक उत्सवका रुपमा मनाउन र थप अधिकार प्राप्तिको दिशामा downloadकेन्द्रीत हुन पार्टी र जनसमुदायमा आग्रह गर्नु भएको हो ।

त्यस्तै विज्ञप्तिमा समाजवादी अर्थतन्त्रको विकासलाई समृद्ध गर्दै देशलाई अग्रगामी दिशामा लैजाने कुरामा राष्ट्रिय सहमति हुनु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै  सम्पूर्ण वर्ग, जाति, क्षेत्र लिङ्गका जनताका आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक अधिकारलाई नयाँ संविधानमा मुखरित गरी एक समृद्ध र परिस्कृत संविधान नेपाली जनतालाई दिने कार्यभार केही बाँकी रहेपनि हाल प्राप्त भएको सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिकजस्ता महत्वपूर्ण उपलब्धि भएकाले त्यसलाई आत्मसात गर्न आग्रह गरिएको छ ।