शुक्रबार, बैशाख १४, २०८१

माइक्रो बस र टेम्पो ठोकिदा एक दर्जन यात्रु घाइते , १० जनाको अवस्था गम्भिर

काठमाडौं श्रावण २२ , विराटनगरबाट राजविराजतर्फ आउँदै गरेको को १ ज २१४९ नम्बरको माइक्रो बसले बिपरीत दिसाबाट जाँदै गरेको स १ saptariह १३२ नम्बरको टेम्पोलाई ठक्कर दिँदा विहीवार राजविराज–भारदह सडक खण्डमा एक दर्जन यात्रु घाइते भएका छन् भने १० जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीलाई उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै प्रहरीका अनुसार गम्भीर घाइतेको उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको न्यूरो अस्पतालमा उपचार हुँदै गरेको जनाउँदै माईक्रो चालकलाई नियन्त्रणमा लिइ आवश्यक कारवाही सुरु गरिएको थाहा भएको छ ।