शनिबार, बैशाख १५, २०८१

जनमत विपरित धर्मनिरपेक्षता लाद्ने प्रयास गरिए देशव्यापी आन्दोलन

काठमाडौं श्रावण २१, अनादिकालदेखि अस्तित्वमा रहेको हिन्दू धर्म, संस्कृति तथा अभ्यास नै विश्व परिवेशमा नेपालको पहिचान भएकाले 20150806_anup_5नयाँ बन्ने संविधानमा हिन्दु राष्ट्र कायम नगरिए विश्व हिन्दु महासंघले त्यस्तो संविधान अस्वीकार गर्ने बताएको छ ।
20150806_anup_2 20150806_anup_4 20150806_anup_11 20150806_anup_10 20150806_anup_8 20150806_anup_6 आज राजधानीमा महासंघले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा सहभागी वक्ताहरु मध्ये नेपालमा ८० प्रतिशत हिन्दू धर्मावलम्बीको बाहुल्य रहेकाले नयाँ बन्ने संविधानमा सनातन वैदिक हिन्दू राष्ट्र सुनिश्चित गर्नुपर्नेमा जोडदिदै महासंघका संस्थापक अध्यक्ष भरतकेशरी सिंहले संविधानमा हिन्दु राष्ट्र अनिवार्य भएको भन्दै राजा विनाको हिन्दु राष्ट्रको कल्पना गर्न नसकिने बताए । पत्रकार सम्मेलनमा उनले राजा र हिन्दु धर्म एक आपसमा जोडिएको विषय भएकोले राजा रहे मात्र हिन्दु धर्मको पनि अस्तित्व रहनेबताउँनु भएको छ ।
साथै उहााँले राजाकै आदेशमा पुर्नस्थापित संसदले विदेशको आदेशमा नेपालको राजसंस्थालाई पाखा लगाउने काम गरेको आरोप समेत लगाउँदै देश र जनताका लागि गणतन्त्र अफाप सिद्ध हुनुको अलावा धर्म संस्कृति र परम्परा जोगाउनका लागि सम्पूर्ण ओमकार परिवार एकाकार हुनु पर्नेमा जोड दिएका थिए ।
त्यस्तै विश्व हिन्दु महासंघका अन्र्तराष्ट्रिय अध्यक्ष हेमबहादुर कार्कीले विश्वभर रहेको सम्पूर्ण हिन्दुवादी एउटै मोर्चामा उभिएर नेपाललाई हिन्दु राष्ट्र कायम गराउने तर्फ लाग्नु पर्ने बताउँदै मुलुकका जिम्मेवार राजनीतिक दलका नेताहरु विदेशीको इशारामा चल्ने कठपुतली भएको आरोप लगाउँदै संविधानको मस्यौदा माथिको जनमत संकलनका क्रममा नेपाली जनताले हिन्दु राष्ट्र कायम गर्नका लागि दिएको अभिमत विपरित जर्वजस्ती धर्मनिरपेक्षता लाद्ने प्रयास गरिए आफुहरुलाई अमान्य हुने बताउँदै देशव्यापी कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।