बिहिबार, चैत्र १५, २०८०

५ दर्जन अधिकृतहरु जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस

काठमाडौ श्रावण २१, न्याय परिषद्को आज बसेको बैठकले न्याय सेवामा कार्यरत ५ दर्जन अधिकृतहरु जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छन । परिषद्का अनुसार न्याय सेवामा कार्यरत निम्नानुसारको वरिष्ठ अधिकृतलाई क्रमस न्यायाधीश नियुक्तिका downloadलागि सिफारिस गरिएको जनाएको छ ।

निर्वाचन आयोगका उपन्यायाधिवक्ता रमानाथ पौडेल, पुनरावेदन सरकारी वकिल कार्यालय पोखराका सरकारी वकिल बलराम त्रिपाठी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव प्रकाशकुमार अधिकारी, कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयका कानुन अधिकृत बाबुकाजी बानियाँ, सोही मन्त्रालयका कानुन अधिकृत कोमलप्रसाद आचार्य, राजेन्द्र नेपाल, तीर्थराज केसी, पुनरावेदन सरकारी वकिल कार्यालय सुर्खेतका उपन्यायाधिवक्ता देवकुमार गिरी, पुनरावेदन सरकारी वकिल कार्यालय दिपायलका उपन्यायाधिवक्ता रमेश शर्मा पौडेल हुनुहुन्छ ।

यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव विनोदकुमार गौतम, विशेष सरकारी वकिल कार्यालय काठमाडौँका उपन्यायाधिवक्ता धनीश्वर पौडेल, कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयका कानुन अधिकृत प्रकाशप्रसाद पण्डित, महान्यायाधिवक्ता कार्यालयका उपन्यायाधिवक्ता मदनबहादुर धामी, काठमाडौँ जिल्ला अदालतका स्रेस्तेदार श्रीप्रसाद सञ्जेल, प्रशासकीय अदालतका उपरजिष्ट्रार रमेशकान्त अधिकारी, राजस्व न्यायाधीकरण काठमाडौँका स्रेस्तेदार महेन्द्रप्रसाद पोखरेल, पुनरावेदन अदालत जनकपुरका उपरजिष्ट्रार किशोर घिमिरे, सर्वोच्च अदालतका उपरजिष्ट्रार भीष्मराज प्रसाईं रहेका छन।

त्यस्तै गरि जिल्ला न्यायाधीशमा सिफारिस हुनुभएकाहरूमा विशेष अदालतका उपसचिव हेमबहादुर सेन, न्यायपरिषद् सचिवालयका उपसचिव नारायणप्रसाद दाहाल, सर्वोच्च अदालतका उपरजिष्ट्रार नारायणप्रसाद शर्मा, शान्ति तथा पुनःनिर्माण मन्त्रालयका उपसचिव केशवकुमार पाण्डे, पुनरावेदन सरकारी वकिल कार्यालय जनकपुरका उपन्यायाधिवक्ता राजकुमार कोइराला, महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता शङ्करबहादुर राई, विशेष सरकारी वकिल कार्यालय काठमाडौँका उपन्यायाधिवक्ता दिवाकर भट्ट, सर्वोच्च अदालतका उपरजिष्ट्रार मनोज केसी, सर्वोच्च अदालतका सम्पादक अम्बिकाप्रसाद निरौला, सर्वोच्च अदालतका इजलास अधिकृत ध्रुवराज त्रिपाठी, सोही अदालतका इजलास अधिकृतत्रय शिवप्रसाद खनाल, वासुदेव पौडेल, शान्तिप्रसाद आचार्य, पुनरावेदन अदालत सुर्खेतका उपरजिष्ट्रार सनतचन्द्र लवट, श्रम अदालतका रजिष्ट्रार नरनारायण पौडेल र सर्वोच्च अदालतका उपरजिष्ट्रार दुर्गाबहादुर भुसाल हुनुहुन्छ ।

त्यसैगरी, सर्वोच्च अदालतका इजलास अधिकृतहरू जवाहरप्रसाद सिंह, लालकाजी श्रेष्ठ, उमानाथ गौतम, दीपक ढकाल, फणीन्द्रप्रसाद पराजुली, रामप्रसाद न्यौपाने, कमलप्रसाद ज्ञवाली, वासुदेवलाल श्रेष्ठ, रामराजा उप्रेती, ईश्वर पराजुली, विष्णुप्रसाद गौतम, चित्रबहादुर गुरुङ, अनिकुमार शर्मा, केशवप्रसाद घिमिरे, पीताम्बर शर्मा, हरिप्रसाद कोइराला, रमेशप्रसाद रिजाल, बाबुराम सुवेदी, पुनरावेदन अदालत धनकुटाका उप रजिष्ट्रार हरिशचन्द्र इङ्गनाम, सर्वोच्च अदालतका उप रजिष्ट्रार प्रकाश राउत, पुनरावेदन सरकारी वकिल कार्यालय विराटनगरका उपन्यायाधिवक्ता प्रकाश श्रेष्ठ, पुनरावेदन सरकारी वकिल कार्यालय विराटनगरका उपन्यायाधिवक्ता रोशन गजुरेल, सर्वोच्च अदालतका अनुसन्धान अधिकृत कृष्णप्रसाद पौडेल, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका जिल्ला न्यायाधिवक्ता कृष्णजङ्ग शाह, कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयका कानुन अधिकृत अवनी मैनाली रहेको प्राप्त समाचारमा  उल्लेख गरिएको छ ।