मङ्लबार, बैशाख ४, २०८१

नेपाली सेनाको कामु प्रधानसेनापतिमा बलाधिकृत क्षेत्री सिफारिस

काठमाडौ श्रावण २२,  मन्त्रिपरिषद्को आज बिहान सिंहदरबारमा बसेको बैठकले नेपाली सेनाका बलाधिकृत रथी राजेन्द्र क्षेत्रीलाई कायम Rajendra-chhetriमुकायम प्रधानसेनापतिमा सिफारिस गर्ने निर्णय गरेको छ ।

बहालवाला प्रधानसेनापतिले आफ्नो पदावधि समाप्त हुनु एक महिना अगाडिदेखि घरबिदामा बस्ने सेनाको परम्पराअनुसार बैठकले आगामी मङलवारदेर्खि कामु प्रधानसेनापति भई कार्य सञ्चालन गर्नेगरी तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिनुभएको छ ।