शुक्रबार, बैशाख १४, २०८१

शुल्क मिनाहाका लागि शिक्षामन्त्री यादवलाई ज्ञापन

काठमाडौ भाद्र ४, संयुक्त विद्यार्थी सङ्गठनले सङ्गठ र शिक्षा मन्त्रालयबीच गत वैशाख ६ गते भएको सम्झौताको कार्यान्वयन गर्नुपर्ने 11910964_10153563798412329_454163718_nमाग राखी शिक्षामन्त्री चित्रलेखा यादवसमक्ष विहिवार ज्ञापनपत्र बुझाएका छन् । सङ्गठनका विद्यार्थीले सिंहदरबारस्थित शिक्षामन्त्रीको कार्यकक्षमा भेटी विश्वविद्यालयका रिक्त उपकुलपति चाँडो नियुक्त गर्नुपर्ने, निजी विद्यालयले गरेको चर्को मूल्यवृद्धि खारेज गर्नुपर्ने, भूकम्प गएको महिनामा आधा महिनाको शुल्क मिनाहा गर्नुपर्नेलगायत माग राखेका हुन् । ज्ञापनपत्र बुझ्दै शिक्षामन्त्री यादवले शुल्क मिनाहाका सम्बन्धमा शिक्षा क्षेत्रका प्रतिनिधिसँग छलफल गरिने जानकारी दिनुभयो ।

ज्ञापनपत्र बुझाउन नेवि सङ्घका प्रवक्ता युपी लामिछाने, अनेरास्ववियुका प्रवक्ता आरसी लामिछाने, अखिल (क्रान्तिकारी)का रमेश मल्ल, मधेसी विद्यार्थी फोरम (लोकतान्त्रिक)का कमलेश्वर यादव, अखिल (पाँचौँ)का घनश्याम मिश्र, अग्रगामी विद्यार्थी युनियन नेपालका विवेक राई लगायतका विद्यार्थी मन्त्रालय पुगेका थिए ।