शुक्रबार, बैशाख १४, २०८१

राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइएको चितवन मिल्कमा समस्या,सरकार मौन

काठमाडौ भाद्र  ६,  निजी क्षेत्रको लगानीमा चितवनको भरतपुरमा सञ्चालित चितवन मिल्क लिमिटेड कच्चा पदार्थको अभाव, अस्वस्थ बजार प्रतिस्पर्धा, विद्युत् भार कटौती, बन्द हडताल लगायत महाभूकम्पका कारण वार्षिक रुपमा कम्पनीले रु आठ करोडको हाराहारीको 4864a9864dcb400caff48acee68a5f55_Lघाटामा हुँन थाले पछि उद्योग सञ्चालन कठिनाइ आइपरेको बुझिएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइएको चितवन मिल्क कम्पनीका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठलाई उदृत गर्दै प्राप्त समाचारमा कम्पनीमा कच्चा पदार्थको अभाव, अस्वस्थ बजार प्रतिस्पर्धा, विद्युत् भार कटौतीका साथै देशमा कमजोर गुणस्तरका दुग्धजन्य पदार्थ बिनारोकटोक नेपाली बजारमा भित्रिएपछि उच्च गुणस्तरको चितवन मिल्कको उत्पादनले प्रतिस्पर्धा गर्न नसक्दा बिक्रीमा समेत समस्या आएको उल्लेख गरिएको छ ।

त्यस्तै कार्यकारी निर्देशक श्रेष्ठले २० प्रतिशत आफ्नो लगानी र बाँकी ८० प्रतिशत नेपाल सरकारको लगानीमा उद्योग सञ्चालनका लागि आफूहरूले आग्रह गर्दै कम्पनीलाई पूवर्वत स्थितीमा सञ्चालन गर्न सके पाउडर दूधको ३० प्रतिशत नेपाली बजार चितवन मिल्कले धान्ने बताउँदै गर्दा कुनै सुनवाई नभएको थाहा भएको छ ।
त्यस्तै कम्पनी सञ्चालनमा आउँन नसक्दा त्यहाँ कार्यरत कामदार कर्मचारी कम्पनी व्यवस्थापनले हालका लागि बेतलबी बिदामा बसिदिन वा श्रम ऐनमा उल्लेख भएको भन्दा दोब्बर सुविधा लिएर बिदा हुन आग्रह गरेको छ । कम्पनीमा १७२ जना कामदार कर्मचारी कार्यरत छन् ।