बिहिबार, बैशाख १३, २०८१

युवा कविको प्रथम पुरस्कार सुवेदीलाइ

काठमाडौं भाद्र ६, बुकआर्ट नेपाल र रिडमोर प्रकाशनले विमर्श नेपालको संयोजनमा हालै गरेको १९ देखि ३० वर्ष उमेरका युवा कविहरू Kabita_Pratiyogita[1]प्रतियोगितामा भोजपुरका सुरज सुवेदीको “पुल” शीर्षकको कविता प्रथम भएको छ ।

कविहरू दिनेश अधिकारी र श्रवण मुकारुङ तथा समालोचक डा. ज्ञानु पाण्डे निर्णयक रहेको उक्त प्रतियोगितामा इलाममा महेश बराल र रुकुमका समिर गौतम क्रमशः द्वितीय र तृतीय भएका छन् । दाङ्का नवीन अभिलाशी र कैलालीका विकास थापाले सान्त्वना पुरस्कार जितेका छन् ।

विजयीमा, प्राथमले बीस हजार, द्वितीयले पन्ध्र हजार, तृतीयले दस हजार र सान्त्वना पुरस्कार विजेताले जनही पाँच पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

पैैतालीस जिल्लबाट प्राप्त ८३ कविताका बीच सम्पन्न यस प्रतियोगिताका उत्कष्ट २५ कविले कार्यक्रममा आफ्ना कविता सुनाए । ती सबै कविता पुस्तक आकारमा प्रकाशन गर्ने बुकआर्ट नेपालले जनाएको छ । कार्यक्रममा अतिथि कविको रुपमा दिनेश अधिकारी, श्रवण मुकारुङ्, नवराज लम्साल र राजकुमार बराले पनि कविता बाचन गरेका थिए ।
माधव अधिकारीबाट