शुक्रबार, बैशाख १४, २०८१

भूकम्प प्रभावित सिन्धुपाल्चोकको सात गाविसलाई नमूना गाउँ बनाउँने हिराचनको उद्घोष

काठमाडौ भाद्र ८ ,  गैर आवासीय नेपाली संघ (एनआरएन) का पूर्व अध्यक्ष तथा ग्लोबल क्यापिटल इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष देवमान हिराचनले भूकम्प प्रभावित क्षेत्र सिन्धुपाल्चोकको सात गाविसलाई कृषि नमुना गाँउ बनाउने भनेर उद्घोष गर्नुभएको छ । सिन्धुपाल्चोकको बाँसखर्कमा “थालखर्क बाँसखर्क खस्रे खानेपानी तथा अर्गानिक कृषि अनुसन्धान आयोजनाले गरेको अन्र्तरक्रिया कार्यक्रममा बोल्दै IMG_1464[1]हिराचनले यस्तो उद्घोष गर्नु भएको हो ।

त्यस्तै अन्र्तक्रियामा पत्रकार महासंघ सिन्धुपाल्चोकका सभापति युवराज पुरिले जिसिआईले सिन्धुपाल्चोकलाई केहि गर्छु भनेर आउनु भएको छ त्यसमा हामी सवै एक भएर हाम्रो सिन्धुपाल्चोकलाई राम्रो ग¥यौं, यो मौका सधैं आउँदैन भन्दै अर्गानिक कृषिबाट नै जिवन निर्भर गर्न सक्ने अभिव्यक्ति दिनु भएको थियो । त्यस्तै जिसिआईका कृषि विज्ञ गणेश दत्त जोशीले आफ्नो जिवन जिउनको लागि अब राहत भन्दै एनजिओ तिर नधाउनुुस् आफ्नो खेतबारीतिर धाउनुस् तब मात्र हामी सबल हुने बताउँनु भएको थियो ।
लिदी, बतासे, स्याउले, खस्रे र बासखर्कमा विशेष गरी लेकाली आलु, डल्लेमुला, काक्रो, कागतीका साथै प्राकृतिक तबरले पाइने निउरो, लेकाली च्याउ र रम्बा जस्ता अर्गानिक तरकारीका लागि प्रख्यात रहेको त्यस क्षेत्रमा जिसिआईले नयाँ सोचका साथ नयाँ कार्यक्रमको सुरुवात गर्ने तयारी गरेको र यसको लागि स्थानीयको सहयोग आवश्यक निष्कर्षको पहिचान गरिएको थियो । यसअघि पनि बाँसखर्क शिविरका लागि १ महिना अगाडि मात्र १५० घर धुरीलाई पुग्नेगरी ग्लोबल क्यापिटल इन्भेष्टमेन्ट कम्पनीले खानेपानीको आवश्यक प्रवन्ध मिलाएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।