शुक्रबार, बैशाख १४, २०८१

प्रम कोइराला र भारतीय प्रम मोदीबीच टेलिफोन वार्ता

नेपालको सुरक्षाका निम्ति हरसम्भव सहयोग गर्ने प्रतिबद्धता सहित कैलालीको टीकापुरमा भएको हिंसाप्रति गहिरो दुःख व्यक्त

काठमाडौ भाद्र ८, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री सुशील कोइरालालाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज टेलिफोन गरेर सोमबार कैलालीको टीकापुरमा भएको हिंसाप्रति गहिरो दुःख व्यक्त गर्नुको अलावा घटनामा ज्यान गुमाएका परिवार र नेपाली जनताप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

ModiAndKoiralaत्यस्तै टेलिफोनवार्तामा भारतीय प्रम मोदीले यस्तो विषम परिस्थतीमा संयमता सहित शान्ति, सुव्यवस्था पुनःस्थापना गर्नुपर्नेमा जोड दिँदै राजनीतिक दल र नेपाली जनतालाई हिंसा त्यागेर सामाजिक सद्भाव कायम गर्न अपिल गर्नुभएको नेपालस्थित भारतीय दूतावासद्दारा जारी विज्ञप्तिमा उल्लेख रहेको छ ।

त्यस्तै विज्ञप्तिमा प्रम मोदीले छिमेकीका नाताले नेपालको सुरक्षाका निम्ति भारतले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै वार्ताको माध्यमबाट सबै प्रमुख मुद्दा मिलाउन आग्रह गर्दै अनेकतामा एकतायुक्त विविधतापूर्ण समाजयुक्त शान्त, स्थिर र समृद्ध नेपाल निर्माणको जनचाहना प्रतिबिम्बित हुने निष्कर्षमा पुग्न आग्रह गर्दै विविधतायुक्त नेपाली समाजको सामथ्र्य, विशाल स्रोत र असाधारण प्रतिभा एवम् क्षमता भएको नेपाललाई नेपाली जनताका प्राथमिकता र चाहनाअनुसार सबै प्रकारका सहयोग भारतले निरन्तर उपलब्ध गराउने प्रतिबद्धता प्रधानमन्त्री कोइरालासमक्ष प्रधानमन्त्री मोदीले व्यक्त गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।