शुक्रबार, चैत्र १६, २०८०

नेपालगन्जको त्रिभुवनचौकमा प्रदर्शनकारी र प्रहरीवीच झडप, २ सशस्त्र र ४ आन्दोलकारी घाईते

सुदुरपश्चिमका सशस्त्र र नेपाल प्रहरीका डीआईजी हेडक्वाटर तानिए

बसन्त शर्मा / नेपालगञ्ज भाद्र ८,  सीमाकंन र प्रदेशको विषयलाई लिएर बाँकेमा आन्दोलन गरिरहेको थरुहट अवध संयुक्त संर्घष समिति र संयुक्त लोकतान्त्रिक मोर्चाले गरेको विरोधको कार्यक्रममा नेपालगन्जको त्रिभुवनचौकमा सोमबार साँझ झडप भएको छ । दिनभरी जसो राजनीतिक दल,स्थानिय प्रशासन र आन्दोलनरत पक्षहरु वर्तामा बसिरहेको भएपनि साँझ ५ः४६ बजे प्रहरी र विरोधकर्ताहरुबीच 11903639_10205730879363555_725484883_o 11936527_10205730878843542_435461577_oत्रिभुवनचौकमा झडप हुँदा २ सशस्त्र प्रहरी र ४ आन्दोलकारी घाईते भएका छन् ।

अन्य जिल्लाको तुलनामा नेपालगञ्जमा सामान्य अवस्थामा रहेको भएपनि सोमबार साँझ भने त्रिभुवन चौक सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी र आसपास जम्मा भएका आन्दोलकारीबीच झडप हुँदा तराई मधेस लोकतान्त्रिक पार्टीका विजय गुप्ता,संघीय समाजवादी फोरमका वनकट्टि घर भएका वद्दुजा खाँ, दिनेश लखेर त्यसैगरी सशस्त्र प्रहरी जिल्ला सुरक्षा वेसबाट खटिएका सुर्खेत लगाम ४ का सर्वजित थापा मगर त्यसैगरी अर्का सशस्त्र प्रहरी आरपी चौधरी र स्वास्थ्यकर्मी तेजवहादुर चलाउने घाईते भएका हुन् । घाईते भएकाहरुको भेरी अञ्चल अस्पताल र शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

यसैवीच गृह मन्त्रालयले सुदुर पश्चिमका सशस्त्र प्रहरी र नेपाल प्रहरीका डीआईजीलाई हेडक्वाटर तानेको । नेपाल प्रहरीका डीआईजी रामकुमार खनालको स्थानमा माधव नेपाललाई पठाइएको छ भने सशस्त्र प्रहरीका खडानन्द चौधरीको स्थानमा सुरज श्रेष्ठलाई पठाएको छ । त्यस्तै गरि गृहमन्त्रालयले कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठलाई फिर्ता बोलाउने तयारी गरेको बुझिएको छ । जहाँ मोहन चपागइ लाई पठाइदै छ । मारिएका नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेको स्थानमा एसएसपी दिनेश अमात्यलाई पठाइएको छ ।  कैलालीको टीकापुर लगायतका बिभिन्न क्षेत्रहरुमा घुसपैठ भएको र दक्षिण सीमाबाट अज्ञात समूह नेपाल प्रवेश गरेको भन्ने सवालमा भारतीय राजदूत रेले चासो देखाउँदै नेपालका लागी भारतीय राजदूत रन्जित रे गृहमन्त्रालय पुगेर जानकारी लिएको थाहा भएको छ