शनिबार, बैशाख १५, २०८१

परिमार्जित विधेयकमा आज पनि छलफल हुँदै, संविधान निर्माणको मूल लक्ष्यबाट विमुख हुन नहुनेमा जोड

काठमाडौं भाद्र ११ , नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ को बारेमा आजपनि संविधानसभामा छलफल हुने भएको छ । आज साँझसम्म छलफल सक्ने गरि तयारी भइरहेको जनाउँदै यदि आज साँझसम्म छलफल सकिए शनिवारबाट दफाबार छलफलका लागि तयारी गर्ने संविधानसभा सचिवालयले Sambidhanजनाएको छ ।
विहीवारको छलफलमा भाग लिने सबै सभासद्ले सीमाङ्कनको विषयलाई लिएर विभिन्न जिल्लामा जारी विरोध प्रदर्शन र आन्दोलनलाई वार्ताको माध्यमबाट छिटो सम्बोधन गरी जस्तोसुकै कठिन परिस्थिति उत्पन्न भएपनि पनि संविधान निर्माणको मूल लक्ष्यबाट विमुख हुन नहुनेमा जोड दिदै सबैको भावना समेटेर समयमा नै संविधान जारी गर्नुपर्नेमा अभिमत प्रकट गरेको बुझिएको छ ।