शुक्रबार, बैशाख १४, २०८१

पत्रकार कोइरालाद्दारा स्मृतिकोषको स्थापना

काठमाडौं श्रावण २६, स्वतन्त्र पत्रकार तथा समाजसेवी प्रभातकिरण कोइरालाले आफ्नी स्वर्गीय आमाको सम्झनामा जसोदा कोइराला फाउण्डेसनमार्फत् शान्ति तथा शिक्षा स्मृतिकोष स्थापना गरेका छन् । आमा बितेको एक वर्ष पुरा भएको पुण्य तिथि पारेर सो स्मृतिकोष स्थापना गरिएको हो ।  कोषमा जम्मा भएको रकमको वार्षिक व्याजबाट २/२ वर्षमा समाजमा उदाहरणीय काम गर्ने व्यक्ति, संस्था, prabhat-245x251अभियन्ता, समूह, अगुवा, पत्रकार वा लेखकलाई प्रदान गर्ने लक्ष रहेको फाउण्डेसनका संयोजक कोइरालाले जानकारी दिएका छन् ।

यसका साथै उक्त पुरस्कार शिक्षा, स्वास्थ्य, आर्थिक, समाजिक, कृषि, पर्यटन, साहित्य, कला, सम्पदा, संस्कृति, मानवअधिकार, महिला, राजनैतिक, कानुन, प्रशासन, वातावरण, अपराध, उर्जा, प्रविधि, अर्थ, बाणिज्य, कुटनीति, जीवन शैलीका क्षेत्रमा रहेका विकृति, विसंगति, कुरीति, ठगी, लुट, अन्याय, अत्यचार, भ्रष्टाचार, कालोवजारी, गरिबी, बेरोजगारीविरुद्ध काम गर्ने, शिक्षा दिने, सचेतना अभिवृद्धिका लागि  वकालत गर्ने व्यक्तित्वलाई समेत पुरस्कृत गरिने  जानकारी कोइरालाले दिएका छन् ।