शुक्रबार, चैत्र १६, २०८०

श्रमजीवी पत्रकारको पारिश्रमिक सुनिश्चित गर्न सरकार प्रतिबद्ध : मन्त्री रिजाल

काठमाडौ श्रावण २६,  सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले न्यूनतम पारिश्रमिक निर्धारण समितिले दिएको प्रतिवेदनका आधारमा केही दिनमै श्रमजीवी पत्रकारको पारिश्रमिक पुनरवलोकन हुने बताउनुभएको छ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको बैठकमा minendra-riajal-300x200-150x1501बोल्दै मन्त्री रिजालले पत्रकारले न्यूनतम पारिश्रमिक पाउने कुरा सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो ।

समितिले गत असार २० गते सरकारलाई बुझाएको प्रतिवेदनमा श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक रु १९ हजार ५०० तय गर्न सञ्चार मन्त्रालयलाई सुझाव दिएको बताउँदै मन्त्री रिजालले बैठकमा सभासद्हरूले उठाएको जिज्ञासाको सम्बोधन गर्नु भएको थियो । त्यस अवसरमा सभासदहरुले श्रमजीवी पत्रकार ऐन पूर्ण रूपमा कार्यान्वयन नहुनु विडम्बना भएको बताउँदै तत्कालै सबै सरकारी सञ्चारमाध्यममा ऐनको पूर्ण कार्यान्वयनका लागि मन्त्री रिजालको ध्यानाकर्षण गराएको प्राप्त समाचारमा उल्लेअख गरिएको छ ।

त्यस्तै न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीले समितिको पछिल्लो प्रतिवेदनअनुसार २६ प्रतिशत पत्रकारले अझै न्यूनतम तलब नपाएको विवरण प्रस्तुत गर्दै यथार्थतामा त्योभन्दा धेरै पत्रकारले न्यूनतम तलब नपाउने गरेको जानकारी दिनुभएको थियो भने सूचना विभागका उप निर्देशक विष्णुभक्त रञ्जितले गत आवमा मात्रै समयमा तलब नपाएका नौवटा उजुरी प्रेस रजिस्ट्रारको कार्यालयमा परेका जानकारी दिँदै उजुरी परेपछि व्यवस्थापन र पत्रकारलाई राखेर आफूहरूले समस्या समाधानका लागि पहल गर्ने गरेको जानकारी दिनु भएको थियो ।