शनिबार, बैशाख १५, २०८१

नेपाल र इजरायल सरकारबीच संयुक्त पाइलट प्रस्तावमा हस्ताक्षर

सरकार आफैंले इजरायलमा केयरगिभर (कामदार) पठाउने

काठमाडौं श्रावण २३,  नेपाल सरकार र इजरायल सरकारबीच ‘केयरगिभर’का रुपमा नेपाली कामदार छनौट गरी इजरायल पठाउनेसम्बन्धी संयुक्त ‘पाइलट’ कार्यक्रममा शुक्रबार राजधानीमा एक कार्यक्रमकावीच हस्ताक्षर भएको छ । श्रम तथा रोजगार मन्त्रालयमा श्रम राज्यमन्त्री ijaraylटेकबहादुर गुरुङको उपस्थितिमा वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदी र नेपालका लागि इजरायलका राजदूत योरोन मेयरले हस्ताक्षर गर्नु भएको प्रस्तुत सम्झौता अनुरुप विगत ५ वर्ष देखि रोकिएको केयरगिभरका रुपमा नेपाली कामदार इजरायल जाने क्रम खुला भएको छ ।
यसको लागि नेपाल सरकारले पहिलो चरणमा तोकिएबमोजिम टेस्ट तथा परीक्षणमा उत्तीर्ण भएका ६० जनासम्म केयरगिभरका रुपमा नेपाली कामदार इजरायल जानेछन् । यसको लागि अधिकतम ८० हजार रुपैयाँमा खर्चे पुग्ने बताईएको छ ।