शनिबार, बैशाख १५, २०८१

एमाले मुख्यालय धुमवाराहीमा स-यो

काठमाडौ श्रावण २३, गत बैशाख १२ गतेको महाभूकम्पका कारण नेकपा एमालेको मदननगर बल्खस्थित पार्टी मुख्यालय क्षतिग्रस्त भएपछि नियमभित कार्यसम्पादनका लागि आजदेखि धुमवाराहीस्थित पासाङ्ल्हामु पर्वतारोहण प्रतिष्ठानको भवनमा सरेको छ ।
images-21पार्टी कार्यालय स्थानान्तरणका क्रममा आज आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भूकम्पले पार्टी कार्यालय क्षतिग्रस्त बनाएका कारण केही समयका लागि कार्यालय स्थानान्तरण गर्नुपरेको बताउनुभएको थियो ।

त्यस्तै एमाले महासचिव ईश्वर पोखरेलले पार्टी कार्यालय क्षतिग्रस्त बनेपछि कार्यालयको वैकल्पिक खोजी भइरहेका अवस्थामा कार्यालय सञ्चालनका लागि पासाङ्ल्हामु पर्वतारोहण प्रतिष्ठानसँग तीन वर्षका लागि सम्झौता गरिएको जानकअनुरुप कार्यालय स्थानान्तरण भएको बताउँनु भएको छ ।

कार्यक्रममा वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, पार्टीका उपाध्यक्ष एवम् उपप्रधानमन्त्री वामदेव गौतमलगायत नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।