शुक्रबार, बैशाख १४, २०८१

वंशजका आधारमा नागरिकता लिँदा बाबु वा आमा मध्ये एकको नामबाट लिन सकिने

काठमाडौं श्रावण २४,  प्रमुख राजनीतिक दलहरुबीच संविधानको विवदित प्रसंगमा शनिबार भएको सहमति पछि अव नागरिकताका विषयमा वंशजका आधारमा नागरिकता लिँदा बाबु वा आमा मध्ये एकको नामबाट लिन सकिने भएको छ ।
nagariktaत्यस्तै दलहरुवीत विवादित यावत सवालमा सहमति भएपनि चर्चाको चरम चुलीमा रहेको धर्मनिरपेक्षता र थ्रेसहोल्डका विषयमा भने सहमति हुँन सकेको छैन् । त्यस्तै सहमति भएको प्रतिवेदन विशेष समितिले गएराति बसेको संवाद समितिको बैठकमा पेश गरेको छ ।

विशेष समितिले जनताको सुझावअनुसार मिलेका विषयमा एक खण्ड र छलफलको सूचीमा रहेका विषयलाई अर्को खण्डमा समेटेर प्रतिवेदन पेश गरेको हो ।  विशेष समितिले बुझाएको प्रतिवेदनमाथि संवाद समितिमा आज छलफल हुने छ । त्यसपछि आइतबार दिउँसो बस्ने संविधानसभाको बैठकमा प्रतिवेदन पेश हुने बताईएको छ ।