बिहिबार, बैशाख १३, २०८१

भौगोलिक क्षेत्रफलको हिसाबले नेपालको लागी संघीय संरचना अनुपयुक्त: ई.बिष्णु प्रसाद बराल

नयाँ दिल्ली श्रावण २२, संविधानको प्रारम्भिक मस्यौदामा सहमति, असहमति, सल्लाह सुझावको विषयवस्तुको सवालमा विभिन्न तह र तप्काबाट जनमत अभिव्यक्त भईरहेको अवस्थामा प्रवासमा रहेका नेपाली विज्ञहरुले मस्र्यौदाका केहि विषयवस्तुमा असहमति जनाएका 11796406_374460946085734_1310728083070604804_nछन् ।  यसै क्रममा  भारतमा कुटनितिक निकायमा राम्रो पकड रहेका ई.बिष्णु प्रसाद बरालले प्रारम्भिक मस्यौदामा राखिएको शासन प्रणालीमा असहमति जनाएका छन । उनका अनुसार देशको भौगोलिक क्षेत्रफलको हिसाबले सानो मुलुक हो । यसै कारण पनि हाम्रो जस्तो सानो मुलुकमा संघीय संरचनाको कुार गर्नु बाँदरको हातमा नरिवल दिनु जस्तै हो भन्दै मुलुकको माटो अनुकुल नभएको संघीय संरचनाको कुरा गर्नु कुनै पनि दृष्टिकोणबाट उपयुक्त नभएको बताउँनु भएको छ ।

त्यस्तै उहाँले मुलुकको समग्र विकास र निकासका लागि संघीयता भन्दा पनि क्षेत्रीय परिषद र क्षेत्रपाल मार्फत काम गर्न सकेराम्रो हुँने अभिमत प्रकट गर्नु भएको छ । दिल्ली स्थित हाम्रा संवाददातासंग कुरा गर्दै ई. बिष्णु प्रसाद बरालले मुलुकको सन्दर्भमा अहिले कै शासन संरचनामा जाँदा पुरानै शासनपद्धतिको अनुभूति हुने हुँदा समग्र भौगोलिक परिस्थितीलाई मध्यनजर गर्दै शासन प्रणालीमा परिवर्तन गरिनु पर्ने बताउँनु भएको छ।