शुक्रबार, बैशाख १४, २०८१

नेता देउवाद्वारा टिकापुर घटनाको भत्र्सना

काठमाडौं भाद्र ७, नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आज साँझ विज्ञप्ति जारी मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक images (8)संविधान निर्माणको काममा जुटिरहेका बेला विभिन्न समुदायबाट कैलालीको टीकापुरमा सुरक्षा निकायमाथि भएको घटनाले आफूलाई स्तब्ध बनाएको बताउँदै त्यसको भत्र्सना गर्नुुभएको छ ।  त्यस्तै विज्ञप्तिमा नेता देउवाल आन्दोलनमा घुसपैठ भएका व्यक्तिबाट राष्ट्रसेवक कर्मचारीलाई जिउँदै जलाउने जस्ता अमानवीय र जघन्य अपराध भएको भन्दै घटनाको भत्र्सना गर्नुभएको छ ।

“वर्षौदेखि मिलेर बसेका थारु समुदाय एवम् पहाडी समुदायबीचमा दुस्मनी बढाउने र फुट ल्याउने सुनियोजित षड्यन्त्र घृणित, निन्दनीय र आतङ्कवादी चरित्र भएको जिकिर सहित भ्रातृत्व, सद्भाव र मेलमिलापमा फुट ल्याउने षड्यन्त्रअनुरुप भएको यसखाले घटनालाई निस्तेज पार्दै थारुका अगुवा प्रतिनिधि र राजनीतिक दलबीच भएको सद्भाव फैल्याउने निर्णयअनुरुप मेलमिलापको वातावरण बनाउन र संयमित रहन थारु–पहाडी समुदायलगायत सबैसँग अपिल गर्नु भएको छ ।