शुक्रबार, चैत्र १६, २०८०

नेपालका अन्ना हजारे भनेर चिनिने डा.केसी फेरि आमरण अनशनमा

काठमार्डौ भाद्र ७ , नेपालका अन्ना हजारे भनेर चिनिने त्रिवि शिक्षण अस्पतालका वरिष्ठ वरिष्ठ डक्टर गोविन्द केसीले चिकित्सा क्षेत्र govinda-kcसुधारका विभिन्न आठबुँदे माग गर्दै डक्टर आजदेखि अस्पतालमा आमरण अनशन बस्नुभएको छ ।

आज अपराह्न ४ बजेदेखि आमरण अनशन सुरु गर्नुभएका केसीले यस पटक पनि त्रिविलगायत सबै विश्वविद्यालयमा दलीय भागबन्डा नभई वरिष्ठता र कार्यक्षमताका आधारमा पदाधिकारी नियुक्ति गरिनुपर्नेलगायत आठबुँदे माग प्रस्तुत गर्नु भएको छ ।  उहाँले यसपटक पनि चिकित्सा विश्वविद्यालय विधेयक तत्काल संसदमा पेस गरिनुपर्ने, जानकी मेडिकल कलेजका विद्यार्थीको व्यवस्थापन गरी दोषीलाई कानुनबमोजिम कारबाही गरिनुपर्नेलगायत माग प्रस्तुत गर्नु भएको छ ।