शनिबार, बैशाख १५, २०८१

नक्कली शिक्षकविरुद्ध मुद्दा दायर

काठमाडौ श्रावण २५,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय कैलालीअन्तर्गत जनप्रशासक उमाविमा कार्यरत शिक्षक रामचन्द्र ओझाले बढुवा प्रयोजनका लागि पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार ओझाले बढुवा प्रयोजनका लागि पेस गरेको विहार इन्टरमिडियट एजुकेसन काउन्सिल पटना भारतबाट सन् १९९५ सालमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेख रहेको छ ।