शुक्रबार, चैत्र १६, २०८०

एनआरएनए अध्यक्षमा झाले गरे उम्मेदवारी घोषणा

  काठमाडौ श्रावण २५ , गैरआवासीय नेपाली संघ, एनआरएनएको सातौं महाधिवेशनका लागि रतन झाले उमेद्वारी घोषणा गर्नुभएको छ। Ratan Jha announcement 10082015एनआरएनएका पूर्व महासचिव तथा वर्तमान सल्लाहकार झाले अमेरिकाको वासिङटन डीसीमा आयोजित गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वयपरिषद् अमेरिकाको एक औपचारिक कार्यक्रममा उमेद्वारी घोषणा गर्नुभएको हो ।

विभिन्न देशमा एनआरएनहरुको अधिवेशन भइरहँदा झाको उमेद्वारी घोषणाले एनआरएनएको चुनावी माहौल शुरु भएको छ । नयाँ नेतृत्वका लागि अक्टोवर १४ देखि १७ सम्म एनआरएनएको सातौं महाधिवेशन र विश्व सम्मेलन नेपालमा हुँदैछ ।

अमेरिकाका लागि नेपाली राजदुत महामहिम श्री अर्जुन कार्की समेतको उपस्थितीमा सम्पन्न उमेद्वारी घोषणा सभामा एनआरएनएका पदाधिकारी, सल्लाहकार एवं अन्य गैरआवासीय नेपाली प्रतिनिधीहरुले ऐक्यबद्धता जनाएका थिए । त्यस्तै उमेद्वारी घोषणासभा कार्यक्रममा वोल्दै झाले भन्नुभयो “नेपालीका लागि नेपाली भन्ने मूल मन्त्रका साथ अगाडि बढेको गैरआवासीय नेपाली अभियानले बोकेको निर्दिष्ट उदेश्यहरुलाई मूर्त रुप दिन एनआरएन साथीहरुको समर्थन र सहयोगको अपेक्षा सहित सातौ अन्तर्राष्ट्रिय महाधिबेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी भएको बताउँदै झाले भन्नुभयो “संघमा नामबाट होइन कामबाट चिनिनु पर्छ । हाम्रो संघ भनेको एउटा बिशुद्ध गैरराजनीतिक सामाजिक संस्था हो । तसर्थ यसको काम कार्यवाही सोहि रुपमा सामुहिक प्रयासबाट गरिनुपर्नेमा उहाँ विहेष जोड दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै उहाँले बैशाख १२ र २९ गतेको विनाशकारी महाभुकम्प र त्यसयताका पराकम्पले क्षत बिक्षत भएका बिभिन्न जिल्लाहरुमा राहत बितरणमा संघले देखाएको तदारुकता, सहयोगलाई नेपाल सरकार र समस्त नेपालीले उच्च मुल्यांकन र कदर गरको स्मरण गर्दै झाले संघको अध्यक्षलाई पुनर्निर्माण सहयोगका लागि बिशेष दुत नियुक्ती पनि यसैको प्रतिफल भएको बताउँदै संस्थाको परिचय, समस्या पहिचान र संजालको निर्माणमा समर्पित भएको बिगतका बाह्र बर्षबाट पाठ सिक्दै र अहिलेसम्म भएका प्रगतिहरुलाई संगाल्दै अवको समय संघको संस्थागत बिकाससंगै गुणात्मक उपलब्धि हाँसिल गर्ने समयको रुपमा उपयोग गर्नुपर्नैमा जोड दिदै गरिवी र बेरोजगारीले निम्त्याएको बैदेशिक रोजगारले बिप्रेषणसँगसगै बिभिन्न भौतिक, समाजिक र सांस्कृतिक समस्याहरु पनि नेपाली समाजमाभित्रिरहेको जनाउँदै उहाँले गैरआवासीयहरुको संख्या बृद्धि संगसंगै उनीहरुलाई पर्ने बिभिन्न समस्यालाई सम्बोधन गर्नु पर्ने नयाँ नयाँ चुनौतीहरुपनि थपिदै गएको बताउँनु भएको छ ।

साथै वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित वनाउन सरकारले ल्याएको ‘फ्रि भिषा’ निति निक्कै नै स्वागत योग्य रहेको जनाउँदै झाले बैदेशिक रोजगारमा चलि आएका बिसंगतीहरुलाई केहि हदसम्म नियन्त्रण गर्न यो व्यवस्थाले बिशेष भूमिका खेल्ने बताउनुभएको छ । झाले थप्नुभयो “हालभइरहेका प्रयासहरुलाई निरन्तरता दिँदै आगामी दिनहरुमा यसलाई अझ बढी मर्यादित र व्यवस्थित गर्न अभियान नै चलाउनु पर्ने जिकिर गर्दै वैदेशिक रोजगारबाट दक्ष बनि फर्केका गैरआवासीय नेपालीहरुलाई स्वदेशमा पुनःस्थापना गर्नु, स्वदेश फर्कदा राष्ट्रिय हिरोको रुपमा सम्मान गर्नेपरिपाटी वसाल्ने, विदेशमा सिकेको शिपलाई नेपालमा कसरी पुनस्थापना गर्न सकिन्छ भन्ने वारेमा अध्ययन, अनुसन्धान गरी उचित रोजगारीकोअवसर प्रदान गर्नुका साथै उनीहरुको बचतलाई पूंजीमा परिणतगरि उत्पादनमुलक कार्यमा लगानी गर्न शुरुवात गरिएको एनआरएन ईन्भेष्टमेन्टकम्पनीमार्फत नमुनाको रुपमा एउटा परियोजना सुरु गरिएकोबाट सिक्दै भविश्यमा पनि यस्ता परियोजनाहरु निरन्तर संचालन गर्नुपर्ने र आर्थिक समुन्नतिको धरोहर प्रत्यक्ष वैदेशिक लगानीलाई भित्र्याउन आर्थिक कुटनीति तथा लगानी मैत्री वातावरणको निर्माण लगायत वैदेशिक रोजगारबाट आर्जित सीप, ज्ञान र पूँजिको सही परिचालन गर्न तथा सामूहिक लगानीको अवधारणा मार्फत् मात्र समृद्ध राष्ट्रको सपना पूरा हुने भएकाले सो बचतलाई पूँजिमा परिणत गरी उत्पादनमुलक कार्यमा लगानी गर्न अभियान संचालन गर्ने तथा विप्रेषणको सही उपयोगकोलागि एनआरएन विशेष बचत योजना तथा सामाजिक सुरक्षा कोषको व्यवस्था र संचालनका लागि पहल गर्ने बताउनुभएको छ ।