शनिबार, बैशाख १५, २०८१

गणतन्त्र वैधानिक हुँदैगर्दा पूर्वराजा किन बैंकक र दिल्लीतिर लागे ?

काठमाडौं भाद्र २ , मुलुकमा नयाँ गणतन्त्र र धर्मनिरपेक्षताको बहस चल्दै गर्दाको अवस्थामा पूर्वराजा ज्ञानेन्द्र गत बुधबार बैंङकक हान्निएका छन्। आखिर किनरु प्रस्तुत प्रसंगमा राजनीतिक शंका र सरगर्मी यसरी बढेको छ कि मुलुककम राजनैतिक विश्लेषकसमेत अल्मलीएको अवस्था छ । मानौ पूर्वराजा ठूलै षडयन्त्र गर्न त्यता तिर लागेको अनुमान पनि नभएका होइनन । त्यसैको परिणम स्वरुप 20150722_anup_9उनीहरुको तर्क छ, छोरो घरमै आइसके, बन्दव्यापार छैन, उपचारका लागि पनि होइन भनेपछि पूर्वराजा षडयन्त्र गर्नै बैंकक हिडेका हुन्। यद्यपी पूर्वराजाले २०६५ साल जेठ १५ गते गणतन्त्र कार्यान्वयन भएपछि आजसम्म गणतन्त्रको विपक्षमा बोलेका छैनन्। राजतन्त्र फर्काउने कुनै क्रिया, कर्ममा पनि हात हालेका छैनन्। फेरि किन विश्लेषक देखि ठूला नेताहरुको होसले ठाउँ छाडेको हो बुझ न सकिएको छैन ।

जनताले खोजे म यही छुु भन्ने पूर्वराजा जनताले नखोज्दासम्म नागरिक भएर बस्छु भन्ने बलियो मनस्थिति सहित संयमितरुपमा मुलुकको नागरिकका रुपमा आफ्नो परम्परा धर्मकर्म वा समाजसेवामा जाँदा पूर्वराजाले यस्तो नारा लगाउ भनेर कुनै प्रेरणानागरिकले नै राजा आउ देश बचाउ, राजा जिन्दावादको नारा लगाएका हु दिने गरेका पनि छैनन्। राजावादी नारा लगाउनेहरु पनि कि त राजाका सामुन्ने, कि कोठामा मात्र यस्तो नारा लगाउने गरेका छन्।  यसकारण पूर्वराजामा राजतन्त्र फर्काउँछु भन्ने कुनै चस्का देखिदैन। तथापि आगोले पोलेको जन्तु, बिजुली चम्कदा पनि तर्सिन्छ भनेझैं पूर्वराजा कतै निस्कदा अनेकन तर्कना सार्वजनिक हुँने गर्छन । हो अहिले पनि पूर्वराजा बैंककतिर जाँदै गर्दा यस्तै यस्तै प्रोपोगण्डा सार्वजनिक भएको सहजै अनुमान गर्न सकिन्छ ।

त्यसो त षडयन्त्रकै कुरा गर्ने हो भने पनि बैंकक विश्वशक्ति पनि होइन। थाइलेण्डसंग नेपालमा राजतन्त्र पुनर्स्थापना गर्ने शक्ति पनि छैन। यदि राजा चीन गएको हो भने त्यसले केहि अर्थ राख्ला किनकी चीन विश्व माचचित्रमा सर्वशक्तिमान राष्टका रुपमा स्थापित भइसकेको अवस्था र कम्बोडियाका राजा नरोदम सिंहानुकलाई पुनर्स्थापना गराएको पक्ष आफैमा महत्वपूर्ण मानिन्छ । साथै स्मरणीय छ, सार्कमा चीनलाई सदस्य बनाउनु पर्छ भन्दा भारत रिसायो र राजतन्त्रप्रति इवी साध्यो। चीनले नेपालको राजतन्त्रलाई साथनै नदिएको अवस्था , यसकारण पूर्वराजा बैंकक गएर कुनै षडयन्त्र नै गरे पनि केही लछारपाटो लाग्नेछैन। बरु, पूर्वराजा राजधानीका तीन सहरमा पैदल निस्केर हिन्दूराष्ट्र हुनुपर्छ भन्ने नागरिक आवाज उठाइदिएको भए, यी राजनीतिक शक्तिको पसिना छुट्ने थियो। के गर्ने बन्चरो ताक्छ घुँडो भइदियो।
अनुमान छ, २०६३ साल वैशाख ११ को परिवर्तनमा भारतका प्रतिनिधिका रुपमा आएका करण सिंह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका केही विश्वासपात्रहरुसंग नेपालका पूर्वराजाको भेटघाटको कार्यक्रम छ। करण सिंहले एक अन्तर्वार्तामा त्यतिबेला राजतन्त्र राख्ने कुनै सम्झौता भएको थिएन भनेर टकटकिए पनि बेदान्ताचार्य करण सिंहलाई ठूलै पछुतो भइरहेको छ। सबै विषयमा प्रष्टिकरण दिन र नेपालमा राजतन्त्र तथा हिन्दूराष्ट्रका विषयमा भारतको नीति के हुने भन्न सम्बन्धमा समेत विशेष छलफल हुनसक्ने बताइदैछ। गत फागुन ७ गतेको सन्देशमा पूर्वराजा ज्ञानेन्द्रले आफूसंग भएको सम्झौता लागू गर भनेपछि माधवकुमार नेपालले कुनै सम्झौता भएको छैन भनेर तत्काल स्पष्टिकरण दिएका थिए। तर यसको तरङ्ग दिल्लीसम्म पुग्यो र पूर्वराजा ज्ञानेन्द्रको बैंकक भ्रमणको निम्तो करण सिंहले नै मिलाएको भन्नेहरु पनि भेटिएका छन्। यद्यपि करण सिंह अहिले कांग्रेस आईका सल्लाहकारका रुपमा रहेका छन्। विश्लेषकहरु भन्छन्– भारतीय संस्थापनले प्रचण्डसंग बैंकक र लण्डनमा कुरा गरेका थिए, स्वीटजरलेण्डमा पनि वार्ता प्रयास भएको थियो। नेपालमा संविधान घोषणाको तिथि नजिकिदै गर्दा हिन्दूराष्ट्रका सम्बन्धमा केही हुनसक्यो भने त्यो ठूलै उपलव्धिका रुपमा लिन सकिन्छ। र यति नै बेला पूर्वराजा बैंककबाट दिल्लीतिर लागेका छन्। विज्ञहरु भन्छन पूर्वराजाको यो भ्रमण हिन्दूराष्ट्र र राजतन्त्रलाई संविधानमा स्पेश खोज्ने अन्तिम पनि हो भनिएको छ ।