बिहिबार, बैशाख १३, २०८१

आज नागपञ्चमी पर्व मनाईदै

काठमाडौ भाद्र २ , श्रावण शुक्ल पञ्चमीका अवसरमा आज देशभर नापञ्चमी पर्व मनाइँदै छ । श्रावण शुक्लपञ्चमी तिथिलाई नागपञ्चमी पर्वका रूपमा लिँदै नागलाई देवताको रूपमा पूजा गर्ने प्रचलन छ ।  आजको दिन टौदह, नक्सालस्थित नागपोखरी लगायतका क्षेत्रमा विशेष anup_20150818_3आजा सहितका को पर्व सञ्चालन गर्नुको अलावा नागपञ्चमीका दिन नागको पूजा गर्नाले घरघरमा सर्पादि भयबाट मुक्त भई र मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ ।
त्यस्तै अनन्त, वासुकी, पद्य, महापद्य, शङ्ख, तक्षक, कुलिर, कर्कोटक आठ प्रकार नागको पूजाको क्रममा दूध, दही, घ्यु, दुबो, कुश, फूल, सिन्दुर, चन्दन आदिले पूजा गरी, धूप, दीप, नैवैद्यसहित प्रार्थना गरी घरको ढोकामा टाँस्नाले आगलागी, चट्याङ आदिको भय नहुने जनविश्वास छ ।

त्यस्तै नागपञ्चमीमन सम्बन्धमा धार्मिक दस्तावेजमा उल्लेख भएअनुसार विभिन्न निम्न किंवदन्ती प्रख्यात रहेको छ ।

एक किंवदन्तीअनुसार कुनै समयमा एक किसानका दुई छोरा र एउटी छोरीसहितको परिवार थियो । उसले एक दिन खेतमा खनजोत गर्दा नागका तीनवटा बच्चा मरेछन् । आफ्ना बच्चा मरेका कारण नाग रिसाई सम्पूर्ण परिवारलाई डस्दा सबैको मृत्यु भएछ । त्यस क्रममा किसानको छोरी छिमेकीको घरमा भएकाले बाँचिछन् । भोलिपल्ट किसानको छोरीलाई डस्न जाँदा उनले नागको पूजा गरी दूध चढाइछन् । पूजाबाट नाग प्रसन्न भएर किसानका सबै परिवारलाई बचाइदिएछन् । त्यसै दिनदेखि नाग पञ्चमी पर्व मनाउन थालिएको हो ।