बिहिबार, चैत्र १५, २०८०

भक्तपुरमा रातो कार्डसहित रु १५ हजार लिने नक्कली भूकम्पपीडितलाई कारवाही गरिदै

भक्तपुर भाद्र २,  जिल्ला प्रशासन कार्यालय भक्तपुरले गत वैशाख १२, १३ र २९ गतेको भूकम्पमा पूर्णरुपमा घर क्षति भएको विवरण भर्दै भूकम्पपीडितको नाममा रातो कार्डसहित रु १५ हजार लिने नक्कली पीडितलाई कारवाही गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार त्यस्ता नक्कली भूकम्पपीडितको विस्तृत जनाकारी सहितको ६ सय भन्दा बढि यक्तिको जानकारी संकलन भइसकेको जनाउँदै 8896_d41d8cd98f00b204e9800998ecf8427e_1406063739_Dबाँकीको पनि खोजी भईरकेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका अनुसार जिल्लामा भूकम्पले एउटा घर भत्किए पनि एकाघरका दुईदेखि चार जनासम्मले रातो कार्डसहित रु १५ हजार लिएको, बस्नका लागि एकभन्दा बढी घर भएका, यहाँ नबसी सहरको घरमा बस्नुको अलावा घरमा क्षति नै नभए पनि क्षति भएको विवरण भराएर रातो कार्ड र रु १५ हजार लिनेको बिगबिगी विस्तृत जानकारी सहितको गाउँगाउँबाट उजुरी आउन थालेपछि भक्तपुरमा नक्कली भूकम्पपीडितको खुलासा भएको छ।

भक्तपुरका प्रजिअ तोयम रायाले अहिलेसम्म पूर्ण क्षतिको विवरण भराएर रकम लिने ६०० जना रहेको बताउँदै उहाँले उनीहरूलाई तत्काल रकम फिर्ता गर्न पत्राचार गरेको बताउनुभयो ।यदि रकम फिर्ता नगर्नेलाई एकसाता पछि कारबाही गर्ने बताउँदै प्रजिअ रायाई उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।