शनिबार, बैशाख १५, २०८१

एमाओवादीद्वारा आजको संसद् बैठक बहिष्कार

काठमाडौ श्रावण १८, प्रमुख प्रतिपक्षी दल एमाओवादीले व्यवस्थापिका–संसद्को आजको बैठक बहिष्कार गरेको छ । विनियोजन विधेयक bicc२०७२ माथि छलफलका लागि तोकिएको कार्यतालिका अपाङ्ग र अधुरो रहेको आरोप लगाउँदै एमाओवादीका सभाससदले बैठक बहिष्कार गरेको घोषणा गर्दै बाहिरिनुभएको हो ।
एमाओवादीका सांसद बैठक छाडेर बाहिर गएसँगै सभामुख सुवास नेम्वाङले प्रमुख प्रतिपक्षी दलले बैठक बहिष्कार गरेपछि बैठक सञ्चालन हुन नसक्ने भन्दै बैठक भोलिसम्मका लागि स्थागित गरेको घोषणा गर्नुभएको थियो ।

यसअघि बैठकमा अर्थमन्त्री डा रामशरण महतले विनियोजन विधेयक, २०७२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएपछि बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएकामा एमाओवादीको बहिष्कारसँगै बैठक स्थगित भएको हो ।