बिहिबार, बैशाख १३, २०८१

मन्त्रिपरिषद् बैठक: कास्कीका पहिरोपीडितलाई राहतको घोषणा सहित विभिन्न निकायमा नियुक्ति

काठमाडौ श्रावण १४, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले कास्कीका पहिरोपीडितमा परेका परिवारलाई राहत र पुनःस्थापनाका लागि मृत्यु भएका परिवारलाई किरिया खर्चबापत रु ४० हजार र प्रतिपीडित परिवारलाई cabinate-photo-1024x486राहतस्वरूप रु एक लाख दिने निर्णय गरेको सरकारका प्रवक्ता डा मीनेन्द्र रिजालले जानकारी दिनुभएको छ ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले सुशासन व्यवस्थापन तथा सञ्चालन ऐनअन्तर्गत सवारी साधन सञ्चालन र मर्मतसम्बन्धी निर्देशिका र उच्चस्तरीय वैदेशिक भ्रमण, विवाह, रात्रि भोजलाई व्यवस्थित गर्ने तथा सार्वजनिक पदाधिकारीले प्राप्त गर्ने र प्रदान गर्ने उपहारको मापदण्डसम्बन्धी प्रतिवेदन स्वीकृत गर्नुका् अलावा बैठकले नलसिंगाढ जलशाय युक्त जलविद्युत आयोजनको कार्यकारी निर्देशकमा मोतीबहादुर कुँवर, केन्द्रीय बाल कल्याण समितिको सदस्यमा खकिन्द्रबहादुर भण्डारी, संस्कृतिक संस्थानको महाप्रबन्धममा राजेश थापा र राष्ट्रिय समाचार समितिको महाप्रबन्धकमा निर्मला आचार्यको नियुक्ति गरेको छ ।

त्यस्तै, शान्ति तथा पुनर्निमाण मन्त्रालयका सचिव खुमराज पुञ्जालीलाई नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको विशिष्ठ अधिकृतमा पठाइउने निणैय गरेको छ ।