शनिबार, बैशाख १५, २०८१

इमेज च्यालनलमा सञ्चारकर्मीको आन्दोलन जारी , दोस्रो चरणमा कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी

काठमाडौं श्रावण २९ , इमेज न्यूज एफएममा कार्यरत पत्रकार सन्दीप योगीलाई अन्यायपूर्वक हटाइएपछि उनको सम्मानजनक र कानूनसम्मत पुर्नवहालीसहितका श्रम अधिकार सम्बन्धित ११ बुँदे माग पूरा गराउन दबाब दिने उदेश्यले इमेजकर्मी अधिकार संरक्षण IMG_9064[1]संघर्षद्दारा जारी आन्दोलन आज तेस्रो दिन पनि जारी रहेयो । आजको धर्नामा समर्थन जनाउन रत्नरात्य क्याम्पसमा पत्रकारिता अध्ययन गरिरहेका विद्यार्थीहरुका साथै अन्य संघसंस्थाका प्रतिनिधि धर्नास्थलमा पुग्नु भएको समितिद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा आजबाट पहिलो चरणको शान्तिपूर्ण आन्दोलन सम्पन्न भएको भएको जनाउँदै संघर्ष समितिका दीपकश्री श्रेष्ठले शान्तिपूर्ण दबाबमूलक कार्यक्रमबाट माग सुनुवाई नभएकाले दोस्रो चरणमा कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएको उल्लेख गरिएको छ ।