शुक्रबार, बैशाख ७, २०८१

बालतृणाको मासिकको वार्षिकोत्सवमा बाल साहित्यकार र सञ्चारकर्मी अभिनन्दीत

काठमाडौ श्रावण ३० ‘बालतृणा’ राष्ट्रिय मासिक पत्रिकाको १६औं वार्षिकोत्सवको अवसरमा आज राजधानीमा एक विशेष कार्यक्रमकावीच सरोकारवाला विभिन्न बालसाहित्य सर्जक र सञ्चारकर्मीलाई सम्मानित गरिएको छ । anup_20150815_2 anup_20150815_3 anup_20150815_4 anup_20150815_5नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कार्यक्रममा क्रमस साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, नेपाल टेलिभिजनका कार्यक्रम निर्माता आरती चटौत, त्यस्तै गरि कार्तिकेय घिमिरे, वरिष्ठ पत्रकार डम्बरकुमार गिरी, , बाबा बस्नेत, भोजराज आचार्य, लक्ष्मी उप्रेती, उमेश पाण्डेलगायतका व्यक्तिव्तहरुलाई सम्मानित गर्दै नेपाली साहित्यको विकासकालागि बाल साहित्यिक पत्रिकाको योगदान आफैमा वर्णन योग्य रहेको अभिव्यक्ति दिनु भएको थियो ।

त्यस्तै गरि पूर्वमन्त्री प्रदीप नेपाल , पूर्व मन्त्री तथा सभासद एवम् पत्रिकाका सल्लाहकार कर्णबहादुर थापा , साहित्यकार एवम् एमाओवादी नेता दीनानाथ शर्मा लगायतका वक्ताहरुले बालतृणा पत्रिकाको निरन्तरताको कामना गर्दै पत्रिकाले विगत देखि वर्तमानसम्म पुयाउँदै आएको योगदनाको चर्चा गर्नु भएको थियो ।

त्यस अवसरमा अन्तर्राष्ट्रिय साहित्य समाजको प्रकाशनमा   पत्रिकाका प्रकाशक तथा सम्पादक  एवम् कथाकार कमला ओली सम्पादनको बालकथासंगह कृति ‘जेलभित्रकी सानी’ को पनि विमोचन गरिएको थियो ।

anup_20150815_10 anup_20150815_9 anup_20150815_7

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु